कैलाली ४ बाट नैनसिंह महर सिफारिस « Khabarhub

कैलाली ४ बाट नैनसिंह महर सिफारिस


१५ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं युवा नेता नैनसिंह महरलाई मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनतर्फ कैलाली जिल्ला नेपाली कांग्रेसको क्षेत्रीय समिति ४ ले सिफारिस गरेको छ ।

५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लामा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय समिति क्षेत्र नम्बर ४ को आज बसेको बैठकले महरसहित सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकलाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र ४ का लागि सिफारिस गरेको हो ।

सुदूरपश्चिम प्रदेशको राजधानी तोकिएको गोदावरी नगरपालिका यसै ४ नम्बर क्षेत्रमा पर्छ । पूर्वमाओवादीका सुदूरपश्चिम इन्चार्ज तथा हाल नेकपा एमाले केन्द्रीय कमिटी सचिव लेखराज भट्टले यसै क्षेत्रबाट २०६४, २०७४ मा प्रत्यक्षतर्फ चुनाव जितेका थिए । २०७० सालमा कांग्रेस नेता दीर्घराज भाट विजय भएका थिए ।

नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका महर युवा माझ लोकप्रिय तथा प्रभावशाली मानिन्छन् । पूर्वमन्त्रीसमेत रहेका लेखराज भट्टलाई विजय गराउन सुदूरपश्चिमका १६ प्रत्यक्ष निर्वाचन क्षेत्रमध्ये एमाले अध्यक्ष केपी शर्मा ओलीले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठाको रूपमा लिएका छन् ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ५ : ५६ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको