एमाले एक्लैले १५० सिट जित्छ : ओली « Khabarhub

एमाले एक्लैले १५० सिट जित्छ : ओली


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनमा आबद्ध दल राष्ट्रियताको ख्यालै नगरी सत्ता जोगाउन विदेशी सामु लम्पसार परेको आरोप लगाएका छन् ।

सत्ता जोगाउन प्रधानमन्त्री शेरबहादुर देउवा भारतको सरणमा पुगेका र प्रधानमन्त्री बनाइदेऊ भन्दै माओवादी अध्यक्ष प्रचण्ड पनि भारतसँग खुसुखुसु गर्न थालेका उनले बताए । ‘सत्तारुढ दल देशको लागि नभई व्यक्तिगत स्वार्थका लागि विदेशीको इसारामा पर्न थालेका छन्,’ बुधबार कञ्चनपुर पुगेका ओलीले भने, ‘जनताले त्यो सबै बुझिसकेका छन् । आगामी निर्वाचनमा एमाले एक्लै १५० सिट जितेर देशको विकास गर्ने अघि बढ्ने छ ।’

उनले देशको विकास चाहने नेपालीलाई एमालेमा आउन आग्रह गरे । बुधबार कञ्चनपुरमा आयोजित ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’मा बोल्दै उनले देश बनाउने पार्टी एमाले मात्रै भएको भन्दै अन्य पार्टीमा लागेका कार्यकर्तालाई पनि एमालेमा आएर देश विकासमा होमिन आग्रह गरे ।

‘आउँदो निर्वाचनमा एमालेले प्रत्यक्ष र समानुपातिक गरी कम्तीमा १५० सिट जित्छ’, उनले भने, ‘कसैले विदेशीको हात समातेर सत्तामा पुग्ने सपना देखेका होलान् ।’ भोट दिने नेपाली नागरिक भएको र उनीहरूलाई देशको माया रहेको बताए ।

कार्यक्रम विभिन्न पार्टी परित्याग गरेर एमालेमा आएका नेता कार्यकर्तालाई ओलीले टिका लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ०२ बजे

दोलखामा जिरीबाट सुरु भयो मतगणना

दोलखा– जिल्लामा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य सुरु

ताप्लेजुङमा एमालेका थेबे तेस्रो

काठमाडौं- ताप्लेजुङमा जारी मतगणनाको प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेका क्षितिज

मतगणना भइरहँदा डिपी पुगे समर्थक भेट्न

मतगणना भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डिपीले अर्याल काठमाडौं ८

आयोगको निर्देशनपछि स्याङ्जा–२ मा मतगणना थालिँदै

स्याङ्जा – स्याङ्जा क्षेत्र नम्बर २ मा मतगणना सुरु हुन

प्रतिनिधिसभा सदस्य निर्वाचन : हिमाली क्षेत्रका तीन जिल्लाको मतपत्र ढुवानी हुन बाँकी

काठमाडौं– हिमाली क्षेत्रका १५ जिल्लामध्ये तीन जिल्लाको मतपत्र ढुवानी गर्न