वरिष्ठ पत्रकार बस्नेतको ‘समय साक्षी’ सार्वजनिक « Khabarhub

वरिष्ठ पत्रकार बस्नेतको ‘समय साक्षी’ सार्वजनिक


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक भएको छ । प्रकाशक संस्था बुक हिलले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शमशेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उनका मातापिताले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरूपमा पुस्तक आएको बताए । तीनचार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको उनले सुनाए । लेखक बस्नेतले यात्राका बेला भेटेका विषयवस्तुलाई महिला अधिकारसँग जोडेर प्रस्तुत गरेको जानकारी कार्यक्रममा राणाले गराए । 

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै कथाकार ढुङ्गानाले पुस्तकमा दुई सय १२ वटा निबन्ध समेटिएको बताए । विदेश गएका बेलाको यात्रा संस्करणका विषय बढी रुचि लाग्ने खालका भएको उनले सुनाए  ।

 ‘चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, यस्ता विषय छुटेको छ, कतिपय शीर्षक अङ्ग्रेजीमा राखिएको छ, यसो नगरी नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो, पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको छ’, कथाकार ढुङ्गानाले भने।

लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको सुनाउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको जानकारी गराइन् । यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उनले जानकारी गराइन् । कार्यक्रममा बुक हिलका संस्थापकद्वय पवन आचार्य र भूपेन्द्र खड्काले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको बताएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ०५ बजे

जुन घटनापछि मलेसियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगायो

काठमाडौँ – विद्यालयभित्रै आफ्नै सहपाठी १६ वर्षीया छात्रा याप सिङ

नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक सञ्चालनमा

भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा

चितवन– भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव हुँदा सुत्केरी पश्चातको सेवा

लिभरपुलमाथि लिड्सको पुनरागमन जित, ४–२ गोल अन्तरले पराजित

काठमाडौँ – अमेरिकाको सिकागोमा भएको प्रिसिजन मैत्रीपूर्ण फुटबल खेलमा लिभरपुल

चितवनबाट गत एक वर्षमा ८९ जना बेपत्ता

चितवन– चितवन जिल्लाबाट बेपत्ता भएका व्यक्ति मध्ये ८९ जना अझै