वरिष्ठ पत्रकार बस्नेतको ‘समय साक्षी’ सार्वजनिक | Khabarhub Khabarhub

वरिष्ठ पत्रकार बस्नेतको ‘समय साक्षी’ सार्वजनिक


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वरिष्ठ पत्रकार बबिता बस्नेतको पुस्तक ‘समय साक्षी’ सार्वजनिक भएको छ । प्रकाशक संस्था बुक हिलले आज यहाँ आयोजना गरेको कार्यक्रममा प्रथम गभर्नर हिमालय शमशेर राणा, कथाकार भुवन ढुङ्गाना, लेखक बस्नेत र उनका मातापिताले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै पहिलो गभर्नर राणाले यात्रा गर्दाको दैनिकीको स्वरूपमा पुस्तक आएको बताए । तीनचार पृष्ठका छोटा अध्याय रहेकाले पुस्तक पढ्न रुचिकर रहेको उनले सुनाए । लेखक बस्नेतले यात्राका बेला भेटेका विषयवस्तुलाई महिला अधिकारसँग जोडेर प्रस्तुत गरेको जानकारी कार्यक्रममा राणाले गराए । 

पुस्तकका विषयमा समीक्षात्मक मन्तव्य व्यक्त गर्दै कथाकार ढुङ्गानाले पुस्तकमा दुई सय १२ वटा निबन्ध समेटिएको बताए । विदेश गएका बेलाको यात्रा संस्करणका विषय बढी रुचि लाग्ने खालका भएको उनले सुनाए  ।

 ‘चीन भ्रमणका बेला ग्रेटवालजस्ता ऐतिहासिक स्थलको विषयमा लेखिनुपर्ने थियो, यस्ता विषय छुटेको छ, कतिपय शीर्षक अङ्ग्रेजीमा राखिएको छ, यसो नगरी नेपालीमै मात्र राखे राम्रो हुन्थ्यो, पुस्तक यात्रा संस्मरणभन्दा पनि दैनिकीजस्तो बन्न पुगेको छ’, कथाकार ढुङ्गानाले भने।

लेखक बस्नेतले यात्रा धेरैले गर्ने गरे पनि अभिलेख नराख्ने गरेको सुनाउँदै आफूले यात्राका बेला भेटिएका विषयवस्तुलाई समेटेर पुस्तक लेखेको जानकारी गराइन् । यसमा आफ्ना कथा र यात्राका कहानी समेटिएको उनले जानकारी गराइन् । कार्यक्रममा बुक हिलका संस्थापकद्वय पवन आचार्य र भूपेन्द्र खड्काले यात्रा संस्मरणमा उल्लेखनीय पुस्तक पाठकसामु ल्याउन सफल भएको बताएका थिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ६ : ०५ बजे

कालीगण्डकी करिडोर : सेतोखोलामा मोटरेबल पुल निर्माण

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको

नेपाल वायुसेवा निगमद्वारा असोज मसान्तसम्मको जहाजको ऋण भुक्तानी

काठमाडौं – नेपाल वायुसेवा निगमले २०८२ असोज मसान्तसम्मको जहाजको ऋण

दक्षिण कोरियामा हुने शिखर वार्तामा चिनियाँ समकक्षी सीसँग भेट्ने ट्रम्पको भनाइ

वासिङ्टन – दक्षिण कोरियामा हुने एपेक शिखर सम्मेलनका क्रममा चीनका

पोखरा विश्वविद्यालयबाट पहिलोपटक एआइ विषयमा स्तानक कार्यक्रम सञ्चालन

काठमाडौं – पोखरा विश्वविद्यालयले पहिलोपटक आङ्गिक क्याम्पसबाट कृत्रिम बौद्धिकता र

जनकपुरमा गोली चल्यो

धनुषा – जनकुपरमा गोली चलेको छ । जनकपुर उपमहानगरपालिका–७ स्थित