गृहमन्त्रीद्वारा चट्याङबाट घाइते भएकाको अवस्थाबारे जानकारी « Khabarhub

गृहमन्त्रीद्वारा चट्याङबाट घाइते भएकाको अवस्थाबारे जानकारी


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री बालकृष्ण खाणले दाङको घोराही उपमहानगरपालिका–१२ स्थित कुलवीर बुढाको घरमा चट्याङ पर्दा घाइते भएकाको अवस्थाबारे जानकारी लिएका छन् । उनले आज दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र जिल्लाका प्रहरी उपरीक्षक वीरबहादुर ओलीलाई टेलिफोन गरी घाइतेको अवस्थाबारे जानकारी लिएका हुन् । 

घाइतेको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिँदै गृहमन्त्री खाणले जिल्लामा रहेको स्रोत र साधनबाट सम्भव नहुने भए केन्द्रमा जानकारी गराउन भनेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

चट्याङ लागेर १६ वर्षीय दीपा घर्ती र १९ वर्षीय मनिषा शाहको मृत्यु भएको दाङका प्रहरी उपरीक्षक ओलीले जानकारी दिएका छन्। चट्याङ लागेर नौ जना घाइते भएकामा पाँच जनाको सामान्य र अन्यको अवस्था मध्यम रहेको पनि उनले बताए ।

घाइते हुनेमा १५ वर्षीय निरुता शाह, जयन्ती घर्ती, १६ वर्षकी यामुसरी थापा र ३८ वर्षकी यमकुमारी शाहको अवस्था मध्यम रहेको जनाइएको छ । घटना सडकमार्गविहीन विकट क्षेत्रमा भएको जनाइएको छ । त्यस्तै घटनामा १४ वर्षीय अञ्जना घर्ती, ३८ वर्षीय बेलकुमारी घर्ती १५ वर्षकी सावित्रा वली, ४२ वर्षकी मनकुमारी वली र ४ वर्षीया जेनिशा शाह सामान्य घाइते भएका जनाइएको छ । उनीहरूलाई यथाशक्य उपचारको व्यवस्था गर्न गृहमन्त्री खाणले निर्देशन दिएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : २२ बजे

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक