सेफ्टीट्याङ्कीबाट निकालेको फोहर ढलमा फाल्न नपाइने « Khabarhub

सेफ्टीट्याङ्कीबाट निकालेको फोहर ढलमा फाल्न नपाइने


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले वडा नं ६ स्थित ल्याण्डफिल साइटमा घरको सेफ्टीट्याङ्कीबाट निकालेको फोहर ढलमा फ्याँक्न निषेध गर्ने निर्णय गरेको छ । खुल्लारूपमा सेफ्टीट्याङ्कीको फोहर ढलमा फ्याँक्दा वातावरण दुर्गन्धित हुने गरेको भन्दै स्थानीयवासीहरूले लामो समयदेखि विरोध गर्दै आएका थिए  । 

स्थानीयवासीको विरोधपछि महानगरपालिकाले केशलिया पुल नजिकै रहेको ल्याण्डफिल साइटमा सेफ्टीट्याङ्कीबाट निकालेको फोहर ढलमा फ्याँक्न निषेध गर्ने निर्णय गरेको हो । सो क्षेत्रमा दुर्गन्ध फैलिनुका साथै झिङ्गाले समेत दुःख दिएको भन्दै स्थानीयवासीले महानगरको ध्यानाकर्षण गराउँदै आएका थिए । 

महानगरको फोहर व्यवस्थापनको जिम्मेवारी पाएका उत्तर, मध्य र दक्षिण क्षेत्रका साझेदार संस्थाका प्रतिनिधिलाई बोलाएर छलफल गरी निषेध गरिएको महानगरले जनाएको छ । ल्याण्डफिल साइटमा सेफ्टीट्याङ्कीको फोहर फ्याँक्न नदिन साझेदार संस्थाका प्रतिनिधि पनि सहमत भएका छन् ।

महानगर प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निरौला कार्की, प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतसहितको साझेदार संस्थाका प्रतिनिधिसँगको बैठकले महानगरको फोहर संकलनका क्रममा तोकिएको शुल्कभन्दा बढी लिएको पाइए कडा कारबाही गर्ने निर्णयसमेत भएको छ । ‘साझेदार संस्थाले फोहर सङ्कलन गर्दा तोकिएको शुल्कभन्दा बढी लिइएको पाइए कडा कारबाही गर्छौं’, महानगर प्रमुख कोइरालाले भने, ‘कसैले त्यस्तो गरेको छ भने प्रमाणसहित महानगरमा आउन म महानगरवासीलाई आग्रह गर्छु ।’ साझेदार संस्थाहरूलाई सम्झौतामा उल्लेख भएबमोजिम कार्यतालिकाअनुसार फोहर उठाउन प्रमुख कोइरालाले निर्देशनसमेत दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ४० बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक