मोटरसाइकल ठोक्किँदा बाबु-छोराको मृत्यु « Khabarhub

 मोटरसाइकल ठोक्किँदा बाबु-छोराको मृत्यु


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– बुटवलमा मोटरसाइकल दुर्घटनामा परी बाबु-छोराको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका-१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन् ।

रुपन्देही प्रहरीका अनुसार बुधवार दिउँसो बुटवल १३ बेलवासस्थित पूर्व-पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ क ४४२४ नम्बरको ट्यांकर मुनी परेको थियो । उक्त मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो ।

दुर्घटनामा बुटवल-१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पाको रामपुर नगरपालिका-२ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । उनीहरूको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ७ : ४५ बजे

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

देवानगञ्ज घटना : तनाव बढ्दै गएपछि सडकमा सेना, केन्द्रीय सुरक्षा समितिको बैठक डाकियो

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

प्रतिबन्धित वस्तुको बिक्री वितरण नगर्न विभागको आग्रह

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल सरकारले प्रतिबन्ध

ओलीको नाम लेखिएको शिलालेखबारे मन्त्री लम्सालको जवाफ : त्यसलाई हामी फेरि पुनर्स्थापना गर्छौँ

काठमाडौं- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा

दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान

गण्डकी– आर्थिक वर्ष २०८२/८३ मा गण्डकी प्रदेशका ११ हजार २३२