भक्तपुर दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी « Khabarhub

भक्तपुर दरबार स्क्वायरमा टी–२० विश्वकप ट्रफी प्रदर्शनी


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भक्तपुरको दरबार स्क्वायरमा आज टी–२० विश्वकप ट्रफी प्रदर्शनीमा राखिएको छ । आज दिउँसो १ बजेसम्म ऐतिहासिक सम्पदास्थल दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको आईसीसी पुरुष टी–२० विश्वकप क्रिकेटको ट्रफी खेलाडी, विद्यार्थीलगायत हजारौँले अवलोकन गरेका छन् ।

विश्वको १३ राष्ट्रको ३५ स्थानमा प्रदर्शन गरिने विश्वकपको सयदिने ट्रफी भ्रमणअन्तर्गत अस्ट्रेलियामा यसै वर्ष आयोजना हुने टी–२० विश्वकप ट्रफी नेपालमा ल्याएर भक्तपुर दरबार स्क्वायरमा प्रर्दशन गरिएको हो । ट्रफी नेपालमा दुई दिन राखिने छ ।

प्रदर्शनीमा नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दास, खेलाडी शरद् भेषवाकर, महबुब आलम, रुबिना क्षेत्री र कलाकार सरोज खनाललगायतको पनि सहभागिता थियो ।

नेपालमा ल्याइएको क्रिकेटको विश्वकप ट्रफी सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा रहेको गोक्यो तालमा प्रदर्शनी गरिने नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले जानकारी दिएको छ । यसअघि सन् २०१८ मा एक दिवसीय विश्वकपको ट्रफी पनि प्रर्दशनीका लागि नेपाल ल्याइएको थियो ।

अस्ट्रेलियाको सात सहरमा आयोजना हुने विश्वकप अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ । विश्वकपमा १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ३४ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा

एउटा मात्र उद्योग भए पनि संरक्षण र प्रवर्द्धन गर्नु सरकारको दायित्व हो : सभापति अन्सारी

मोरङ – प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता