प्रचण्ड सुर्खेत जाने « Khabarhub

प्रचण्ड सुर्खेत जाने


१५ भदौ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सुर्खेत जाने भएका छन् । पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरु सुर्खेत जान लागेका हुन् ।

वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय शक्ति बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ पनि आउने कार्यतालिका रहेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसीले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय समितिदेखि माथिल्लो तहका नेताहरु सहभागी हुनेछन् । पार्टीका उपमहासचिव समेत रहेका अर्थमन्त्री शर्माले विमा समितिको प्रदेश कार्यालयको उद्घान गरेर कार्यक्रममा सहभागी हुने तालिका रहेको उपाध्यक्ष जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १५ भदौ २०७९, बुधबार  ८ : ४४ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको