प्रचण्ड सुर्खेत जाने « Khabarhub

प्रचण्ड सुर्खेत जाने


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार सुर्खेत जाने भएका छन् । पार्टीको प्रदेश कमिटीले वीरेन्द्रनगरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोन्धन गर्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डसहित केन्द्रीय नेताहरु सुर्खेत जान लागेका हुन् ।

वीरेन्द्रनगरको सिटी हलमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा प्रचण्डसँगै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवद्वय शक्ति बस्नेत र जनार्दन शर्मा ‘प्रभाकर’ पनि आउने कार्यतालिका रहेको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटीका उपाध्यक्ष कृष्ण जिसीले जानकारी दिए ।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा प्रदेशका १० वटै जिल्लाका जिल्ला समन्वय समितिदेखि माथिल्लो तहका नेताहरु सहभागी हुनेछन् । पार्टीका उपमहासचिव समेत रहेका अर्थमन्त्री शर्माले विमा समितिको प्रदेश कार्यालयको उद्घान गरेर कार्यक्रममा सहभागी हुने तालिका रहेको उपाध्यक्ष जिसीले जानकारी दिए ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ८ : ४४ बजे

अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५

ट्राफिक प्रहरीबाट एकै दिन दुई हजार बढी सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एक्रै दिन दुई हजार १७६ जना सवारीचालक

दोहोरो चपेटामा राधास्वामीका सुकुम्वासी : एकातिर बाढीको डर, अर्कोतिर सरकारको चेतावनी

काठमाडौं- कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमवासीहरूको जनजीवन वर्षाका

राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयकमाथि उठेका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौँ– सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक