दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू (अडियोसहित)


१५ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज दिनभर नागरिकता विधेयक पारित, नेकपा एसनिकट युवा संघको चुनाव केन्द्रीत अभियान सुरु, अगामी निर्वाचनमा १५० सिट जित्ने केपी ओलीको दाबी लगायतका समाचारले प्रमुख स्थान पाए ।

यी हुन् आज दिनभरका मुख्य समाचारहरू:

अडियो सुन्नुहोस्-

नागरिकता विधेयक पारित

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई बहुमतले पारित गरेको छ ।

सिंहदरबारमा आज बसेको समिति बैठकले विधेयक बहुमतले हुबहु पारित गरेको हो । बैठकमा पाँच जना सांसदहरुले फरक मत राखेका थिए । फरक मतलाई समेत समावेश गर्ने गरि सो बिधेयक पारित भएको हो । त्यसअघि छलफलमा भाग लिदै एमाले सांसद भगवती न्यौपानेले बहुमतका आधारमा बिधेयकलाई पारित गर्न खोजिएको भन्दै आपत्ती जनाइन् । संविधानमा उल्लेख भएबमोजिमको नागरिकता प्रदान गर्ने गरि बिधेयकलाई पारित गर्नुपर्ने उनको भनाइ छ ।

त्यस्तै सांसद देवेन्द्र दाहालले राष्ट्रपतिबाट आएको सुझावहरुलाई समेत समावेश गरेर विधेयकलाई अघि बढाउनुपर्ने बताएका थिए । त्यस्तै उनले सात बर्षपछि मात्रै बैवाहिक अंगीकृत नागरिकता पाउनुपर्ने बताए ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिक ऐनलाई संशोधन विधेयक २०७५ र नागरिक ऐनलाई संशोधन अध्यादेशको आधारशिलामा नै नयाँ बिधेयक ल्याइएको बताए । उनले लाखौ नागरिकता बिहीनलाई नागरिकता दिने ध्येयका साथ नै बिधेयक तयार गरिएको बताए ।
बिधायन समितिबाट पारित भएसंगै अव सो बिधेयक राष्ट्रिय सभाबाट पनि पारित गर्ने तयारी गरिएको छ ।

पुष्पकमल दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिक विधेयकमा राष्ट्रपति विद्या देवी भण्डारी र आफूहरुको धारणा समान रहेको प्रतिक्रिया दिएका छन । राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्न आज दिउँसो शीतल निवास पुगेका अध्यक्ष दाहालले यस्तो बताएका हुन ।अध्यक्ष दाहालले नागरिकता विधेयकमा राष्ट्रिय सहमतिको आवश्कता रहे पनि त्यो हुन नसकेको बताए । अंगीकृत नागरिकताको बारेमा राष्ट्रपति भण्डारीले राख्नुभएको चासो र हाम्रो धारण समान रहेको तर संसदमा यस विषयमा राष्ट्रिय सहमति बन्न नसकेको उनले धारणा राखे । उनले नागरिकता विधेयकमा कुनै पनि नयाँ व्यवस्था नरहेको बताए । .

माधव नेपाल

नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको चुनाव केन्द्रीत महाकाली मेची अभियान आजबाट सुरु भएको छ ।भदौ २४ गतेसम्म चल्ने अभियानको पार्टी कार्यालय तीनकुनेमा अध्यक्ष माधव नेपालले नेपालको झण्डा र पार्टीको झण्डा हस्तान्तरण गरेर शुभारम्भ गरेका हुन । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीति प्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचार विरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको समाजवादीले जनाएको छ । अभियानको उद्घाटन गर्दै पार्टी अध्यक्ष नेपालले स्थानीय तहमा दिएको मतका लागि जनतालाई धन्यवाद दिनुपर्ने र आगामी निर्वाचनमा पनि साथ दिन आग्रह गरे ।

केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अगामी निर्वाचनमा १५० सिट जित्ने दाबीगरेका छन । कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले एक ५० सिट जित्ने दाबी गरेका हुन । सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गर्देै ओलीले एमालेले जिते मात्र देशले जित्ने दाबी गरे । सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको उहाँले जिकिर गरे । गठबन्धन सरकार राष्ट्रियताको रक्षा, विकास र समृद्धिका पक्षमा काम गर्न नसकेर शक्ति राष्ट्रसामू निरिह बनेको उनले आरोप लगाए ।

निलम्बित प्रधानन्यायधीशसँग भोलि पनि बयान लिइने

निलम्बित प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराले आफुले कानूनबाहिर गएर कुनै काम नगरेको प्रष्ट पारेका छन । महाभियोग सिफारिस समितिको आजको बैठकमा आफूमाथि लागेको अभियोगको जवाफ दिँदै उनले आफुले संविधानभन्दा बाहिर गएर काम नगरेको र महाभियोगको प्रक्रिया पनि नमिलेको बताएका हुन । उनले आफु भन्दा पछिको व्यक्तिलाई प्रधानन्यायाधीश बनाउनकै लागी आफुलाई महाभियोग लगाइएको तर्क गरे । उनले महाभियोगलाई संसदले समयमा नै किनारा नलगाएको भन्दै आपत्ती जनाए । जबराले पूर्वप्रधानन्यायाधीशहरूले सर्वोच्च अदालतमा भाग खोज्ने गरेको आरोप लगाए । उनले प्रधानन्यायाधीबाट निवृत्त भइसकेपछि पनि अदालत चलाउन खोजेको आरोप लगाएका हुन ।

माधवकुमार नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पर्यटकलाई सहज हुने गरि पर्यटन क्षेत्रको बिकास हुनुपर्ने बताएका छन । एकीकृत समाजवादीको केन्द्रीय पर्यटन विभागले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रको पूर्वाधार समयमा नै सम्पन्न हुन नसक्दा यस क्षेत्रमा नै समस्या हुने भएकाले बिशेष ध्यान दिनुपर्ने बताए । नेपालमा रहेका ऐतिहासिक थलो, गढिको राम्रो ढङ्गले प्रचार गरे धेरै भन्दा धेरै पर्यटक आउने उनले बताए ।

फनपार्कलाई कर तिर्न महानगरको २४ घण्टे अल्टिमेटम

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित फनपार्कलाई २४ घण्टाभित्र कर बुझाउन अल्टिमेटम दिएको छ । महानगरका राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले आज पत्र लेख्दै फनपार्कले महानगरलाई बुझाउनुपर्ने कर (व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर) वर्षौंदेखि नबुझाएको र पटक पटक ताकेता गर्दा पनि नतिरेको उल्लेख गर्दै, हालसम्म बुझाउन बाँकी रहेको कर जरिबानासहित तिर्न फनपार्कलाई अल्टिमेटम दिइएको हो । भोलिसम्म कर नतिरे बन्द गर्ने चेतावनी समेत महानगरले दिएको छ । फनपार्कले काठमाडौं महानगरपालिकालाई व्यवसाय कर, बहाल कर, विज्ञापन कर तथा मनोरञ्जन कर नबुझाई वर्षौंदेखि व्यवसाय सञ्चालन गर्दै आएको महानगरपालिकाले जनाएको छ ।

१३ जनाविरुद्ध मुद्धा

धनुषाका तत्कालीन सिडीओ सहित १३ जनाविरुद्ध अख्तियारलेदुरुपयोग अनुसन्धान मुद्धा दायर गरेको छ । आयोगले धनुषाका तत्कालिन प्रमुख जिल्ला अधिकारी एवं मुआब्जा निर्धारण समितिका अध्यक्ष बसन्तराज गौतम, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालिन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेत १३ जनाविरुद्ध भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालत, काठमाडौंमा आज आरोपपत्र दायर गरेको हो । आयोगले उनीहरूविरुद्ध सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोप लगाएको छ । भरतपुर गाविसअन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी भ्रष्टाचार भएको अख्तियारको आरोप छ । सो कार्यमा संलग्नलाई कारवाहीको मागका सम्बन्धमा अनुसन्धान हुँदा भरतपुर गाउँ विकास समितिअन्तर्गत नेपाली सेनाको लागि ,अधिग्रहण भएको गुठीको नाममा रहेको जग्गाको किर्ते मोही कायम गरी मुआब्जा वितरण गरी सरकारी सार्वजनिक निकाय गुठी संस्थानलाई नै प्राप्त हुनुपर्ने रकम हिनामिना गरेको फेला परेको अख्तियारको दाबी छ ।

बाबु र छोराको मृत्यु

बुटवलको बेलबासमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलबास बस्ने अन्दाजी ४५ वर्षका सोनु भट्टराई र उनका ६ वर्षका छोरा निशान रहेका छन् । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बेलबास चोकमा पश्चिमतर्फ जांदै गरेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट आउंदै गरेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए । मोटरसाइकल ठोक्किँदा लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल लु १ क ४४२४ नम्बरको ट्याङ्करमुनि पर्न जाँदा सो मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको हो दुर्घटनाबाट गम्भीर घाइते भएका दुबै जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पु¥याइएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

कोरोना अपडेट

नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ४ सय ८५ पिसिआर परिक्षणका क्रममा २ सय २४ जना र १ हजार ४ सय ३५ एन्टीजेन परिक्षणका क्रममा ४७ जनामा कोरोना संंक्रमण पुष्टि भएको हो । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । कोरोनाबाट थप १ सय७५ जना निको भएका छन् । हाल नेपालमा ३ हजार १ सय ९४ सक्रिय संक्रमित आइशोेलेशनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

डेंगुको विरामी बढ्न थाले

काठमाडौँ उपत्यकासहित देशभर पछिल्लो समय डेंगुको विरामी बढ्न थालेका छन् ।पछिल्ला केही दिनयता डेंगुको आशंकामा अस्पताल जानेहरुको संख्या बढ्दो छ । अस्पतालमा विरामीको चाप बढेसंगै एउटै बेडमा दुई विरामी तथा कुर्सीमा समेत राखेर विरामी उपचार गराउनु पर्ने अवस्था देखिको छ । काठमाडौको शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक ६० देखि सय जनाको संख्यामा डेंगुका विरामी अस्पताल आउने गरेका छन् ।अस्पताल डेंगुको विरामीले भरिएको छ । हाल सम्म देशका ६९ जिल्लाहरुमा डेंगु फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । डेंगु भाइरस एडिस अर्थात जेब्रा जातको लामखुट्टेले सार्ने चिकित्सकहरु बताउँछन् । एडिस जातको लामखुट्टेको शरीर कालो सेतो रंङको हुन्छ । लामखुट्टेले संक्रमित व्यक्तिलाई टोक्दा रगतमार्फत भाइरस लामखुट्टेको शरीरमा प्रवेश गर्ने गर्दछन् । लाखमुट्टे विहान तथा साँझको समयमा बढी सक्रिय हुने हुनाले सो समयमा सतर्क हुनुपर्ने चिकिसकहरु बताउँछन् ।

बाँकेमा हातहतियार सहित एक जना पक्राउ

बाँकेमा विभिन्न हात हतियार सहित एक जना पक्राउ परेका छन् । जिल्लाको नरैनापुर गाउँपालिका–१ बानियागाउँ बस्ने ४५ वर्षीय छब्बी लाल केवटलाई प्रहरीले आज पक्राउ गरेको हो । उनको साथबाट १ थानकटुवा पेस्तोल, १ थान भरुवा बन्दुक, १ सय ग्राम बारूद, ५ सय ग्राम सिसा, फलामकोगोली र ९ थान पटाका सहित बरामद गरिएको छ । घरमा अवैध हातहतियार लुकाई राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाकाप्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले सो हातहतियारफेला पारी उनलाई पक्राउ गरेको हो ।प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

दुई जना पक्राउ

नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोग गरी महिला तथा नाबालिकालाई दुःख, हैरानी, मानसिक यातना तथा अपमान गर्ने दुईजनालाई पक्राउ गरेको छ।प्रहरीको साइवर व्युरो भोटाहिटिको टोलीले सामाजिक सञ्जाल भाइवर, इन्स्टाग्राममार्फत् साथी बनाइ महिला तथा नाबालिकालाई अश्लिल भिडियो पठाएर मानसिक यातना, दुःख तथा हैरानी दिने भारतीय नागरिक १९ वर्षीय मोहम्मद रमीज राजा र ताप्लेजुङका ३२ वर्षीय जेम्स तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

गभर्नर महाप्रसाद अधिकारी

गभर्नर महाप्रसाद अधिकारीले सम्पत्ति शुद्धीकरणका लागि आवश्यक कानुन निर्माणमा ढिलाइ गर्न नहुने बताएका छन। सिंहदरबारमा आज बसेको अर्थ समिति बैठकमा गर्भनर अधिकारीले सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित ऐनमा संशोधन गरी यसको प्रभावकारिता बढाउन ढिलाई गर्न नहुने बताएका हुन। उनले बिभिन्न क्षेत्रमा सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम देखिँदै गएको बताए। बैंकिङ क्षेत्र नै कालोधनलाई सुद्धिकरण गर्ने माध्यम देखिएकाले राष्ट्र बैंकले कडाई गरेको धारणा राखे ।

५ रुपैयाँ छुट प्रस्ताव

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैं सहुलियत पसलमा खाद्य वस्तुमा ५ रुपैयाँ छुट प्रस्ताव गरेको छ । कम्पनीको बैठकले खाद्यान्नमा उपभोक्तालाई यस वर्ष प्रतिकिलो ५ रुपैयाँ छुट दिने प्रस्ताव मन्त्रालयमा पठाइएको कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले जानकारी दिनुभयो यस्तो छुट दाल, चामल, गेडागुडी, कम्पनीले खरिद गर्ने खसी, बोका र च्यांग्रामा पनि पाइने छ । सहुलियत पसल सञ्चालन मिति, उपभोक्तालाई दिइने छुट र खसी तथा च्यांग्राको प्रबन्धबारे मन्त्रालयलाई पत्राचार गरिएको खनालले बताउनुभयो । यस वर्ष एक हजार च्यांग्रा ल्याउनका लागि एक जना सहायक स्तरका कर्मचारी र मुस्ताङका कार्यालय प्रमुख खटिएको जनाइएको छ । यो वर्ष खाद्यले २ हजार खसी–बोका र एक हजार च्यांग्रा खरिदका लागि ६ करोड ४० लाख रुपैयाँ बजेट छुट्ट्याएको छ ।यो वर्ष पनि साविककै जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौंमा रामशाहपथ, थापाथली, नख्खु र केन्द्रीय कार्यालयमा सहुलियत पसल सञ्चालन हुनेछ अन्य ३९ पसल उपत्यका बाहिरका ४० जिल्लामा सञ्चालनमा आउने व्यापार कम्पनीले जनाएको छ ।

नेप्से घट्यो

कारोबारको पहिलो दिन आज शेयर बजार परिसुचक नेप्से घटेको छ । नेप्से आज २१ दशमलव ९७ अङ्कले घटेर एक हजार नौ सय ७३ दशमलव ३८ विन्दुमा पुगेको हो आज दुई सय २४ वटा कम्पनीको २९ लाख ९२ हजार ८ सय ७३ कित्ता शेयर एक अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको १० करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, माइक्रोफाइनान्स, विकास बैंक, उत्पादन, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले गिरावट आएको छ । आज हिमालयन पावर पार्टनरको शेयर सबैभन्दा धेरै झन्डै सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आरबीबी म्युचल फन्ड १ र नेपाल इन्भेस्टमेन्ट बैंकको डिबेन्चर झन्डै दुई प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार  ९ : ०४ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०