अक्षयकोष बनाउन देउसीभैलो « Khabarhub

अक्षयकोष बनाउन देउसीभैलो


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भरतपुर – चितवनका मगर विद्यार्थीले तिहारमा देउसीभैलो खेलेर चार लाख ५० हजार सङ्कलन गरेका छन्। मगर विद्यार्थी अक्षयकोष स्तरोन्नतिका लागि तिहारको अवसरमा देउसीभैलो कार्यक्रम गरिएको हो।

नेपाल मगर विद्यार्थी सङ्घ चितवन र नेपाल मगर सांस्कृतिक सङ्घ जिल्ला समिति चितवनको आयोजनामा कात्तिक ७ गतेदेखि १२ गतेसम्म देउसीभैलो खेलिएको थियो। सङ्कलन भएको रकमको ५० प्रतिशत जिल्लाको मगर विद्यार्थी अक्षयकोष र ५० प्रतिशत मगर विद्यार्थी सङ्घमा राखिने आयोजकले जनाएको छ।

मगर विद्यार्थी अक्षयकोषका सचिव मिलन थापामगरले अक्षयकोषबाट हरेक वर्ष जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकालाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको बताए। कोषको स्तरोन्नतिले थप सहयोग मिल्ने उनको भनाइ छ। उनले भने, “२०७५ सालमा जिल्लामा करिब रु पाँच लाखको अक्षयकोष स्थापना भएको हो, यसको ब्याजले प्रत्यक वर्ष ३०–३५ जनालाई शैक्षिक सामग्री सहयोग गर्छौं भने केहीलाई छात्रवृत्ति दिँदै आएका छौँ।”

संस्कार, संस्कृति, परम्परा संरक्षणसहित अक्षयकोष स्तरोन्नतिका लागि गरिएको यस देउसीभैलो कार्यक्रममा चुट्का, कौडा, सोरठीजस्ता गीत र नृत्यमा कलाकारले प्रस्तुति दिएका थिए।

देउसीभैलो कार्यक्रम भूँयरथान मगर समाज, जखडीमाई मगर समाज भरतपुर १२, ज्ञानोदय मगर समाज भरतपुर ९, सूर्योदय मगर समाज भरतपुर ८, चन्द्रएकता मगर समाज क्षेत्रपुर, मगर सङ्घ कालिका नगर समिति, सोनी लाफा मगर समाज खैरेनी ३, मगर उत्थान समाज राप्ती ७, मगर समाज दिव्यनगर भरतपुर २६, मगर समाज शारदानगर भरतपुर २०, मगर समाज मुग्लिनसहित १९ ठाउँमा गरिएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ४४ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा