विश्व इतिहासमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट विमान दुर्घटनासम्म « Khabarhub

विश्व इतिहासमा आजः इन्दिरा गान्धीको हत्यादेखि इजिप्ट विमान दुर्घटनासम्म


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज ३१ अक्टोबर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ आज भएका केही महत्वपूर्ण विश्व घटनाः

सात अर्ब जनसंख्या
सन् २०११ को १ नोभेम्बरमा विश्वको कूल जनसंख्या सात अर्ब पुगेको थियो। राष्ट्रसंघको जनसंख्या कोषले सन् २०११ को १ नोभेम्बरलाई सात अर्बको जनसंख्या भएको दिनको रुपमा स्मरण गर्छ।

इजिप्टको विमान दुर्घटना
सन् १९९९ मा आजकै दिन इजिप्ट एयरको फ्लाईट ९९० दुर्घटनामा परेको थियो। अमेरिकाको पूर्वी तटमा भएको सो दुर्घटनामा विमानमा सवार सबै २१७ जनाको मृत्यु भएको थियो।

क्याथोलिक चर्चको पश्चताप
सन् १९९२ मा क्याथोलिक चर्चका तत्कालिन धर्म गुरु पोप जोन पल द्धितीयले क्याथोलिक चर्चले गल्ती गरेको भन्दै पश्चताप व्यक्त गरेका थिए। १७ औं शताब्दीमा ग्यालिलियो ग्यालिलीलाई चर्चले गरेको व्यवहार खेदजनक भएको जोन पलले स्वीकारेका थिए।

इन्दिरा गान्धीको हत्या
सन् १९८४ का भारतकी प्रथम महिला प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएको थियो। गान्धीको हत्या आफ्नै अंगरक्षकले गरेका थिए। उनको हत्यापछि राजधानी लगायत भारतका विभिन्न स्थानमा भड्किएको हिंसामा हजारौं शिख मारिएका थिए ।

दक्षिण यमनमा संविधान
सन् १९७८ मा दक्षिणी यमनले आफ्नो संविधान लागू गरेको थियो। सन् १९९० मा दक्षिण यमन उत्तर यमनसँग एकीकृत भएर अहिलेको यमन बनेको हो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ४९ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा