छठ पूजामा पुल भत्किदा ९० जनाको मृत्यु « Khabarhub

छठ पूजामा पुल भत्किदा ९० जनाको मृत्यु


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

अहमदाबाद – गुजरातको मोरबीमा रहेको एउटा पुल भत्किँदा कम्तिमा ९० जनाको मृत्यु भएको छ। आइतबार छठको समयमा मानिसको ठूलो समूह जम्मा भइरहेका बेला पुल भत्किएको थियो।

ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि भत्किएको थियो। क्षमताभन्दा बढी मानिस रहेका कारण पुल भत्किएको प्रारम्भिक अनुमान गरिएको छ। यस विषयमा छानबिन गर्न विशेष टोली गठन गरिएको छ।

अहमदाबादबाट दुई सय किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजाको सन्दर्भमा केही अनुष्ठान गर्न जम्मा भएका करिब ५०० मानिसहरु भेला भएका बेला भत्किएको थियो।

पुल भत्किएपछि माचु नदीमा केही मानिस हराइरहेका छन्। फसेका केही मानिसको उद्दार गरिएको थियो।

मृत्यु हुनेमा धेरै महिला र बालबालिका रहेको स्थानीयले बताएका छन्। ७० जनालाई उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ। करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो। यो अक्टोबर २६ मा पुनः खोलिएको थियो।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ५५ बजे

एक तोला सुनको मूल्य : ३ लाख ३ हजार ८०० रुपैयाँ

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले आज पनि नयाँ रेकर्ड बनाएको

महिला समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याई

दाङ– तुलसीपुर उपमहानगरपालिका–४ मजुवाका मुना ओलीलाई बाजा बजाउन भ्याइनभ्याई छ

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा