समयमै मुटुको 'भल्भ' नफेर्दा मान्छेको मृत्यु हुनसक्छ | Khabarhub Khabarhub

समयमै मुटुको ‘भल्भ’ नफेर्दा मान्छेको मृत्यु हुनसक्छ

‘जन्मजातदेखि रक्तचाप, मुटुको समस्याले भल्भ बिग्रिने हुन्छ’



काठमाडौं – पछिल्लो समय मुटु सम्बन्धी धेरै खालका समस्या देखा पर्न थालेका छन् । नेपालमा नै विभिन्न खालका उपचार औषधि सम्भव भए पनि कतिपय मानिस बाहिर उपचार गर्न जाने गर्नुहुन्छ । बाहिर र नेपालको उपचार पद्धतिमा के–कस्तो फरक छ ? यसै विषयमा आधारित रहेर मनमोहन कार्डियोथेरापी सेन्टरमा कार्यरत वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर अनिल भट्टराईसँग खबरहबका लागि विना न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

नेपालीहरूमा अहिले कस्तो–कस्तो समस्या देखिएको हो ?
औषधि नै खानु पर्ने खालको २० प्रतिशत मानिसमा हुन्छ । जसमा दुई थरीका रोगहरू पर्दछन् । जन्मँदै आएको रोग, मुटुको भल्भ बिग्रिने रोग, मुटुबाट निस्किने ठूलोठूलो धमनीहरूको समस्या, मुटुको मांसपेशी, चालको समस्या, उच्च रक्तचाप लगायतका रोग पर्दछन् ।

मुटुको भल्भमा समस्या कसरी आउँछ ?
मुटुभित्र ४ वटा भल्भ हुन्छ । मुटुको हरेक धड्कनसँगै त्यो भल्भ पनि खुल्ने बन्द हुने हुन्छ । यी ४ मध्य कुनै पनि भल्भमा रोग लाग्नसक्छ । तर, सबै भन्दा बढी लाग्ने भनेको माइट्रल भल्भ भन्छौँ । त्यसमा र फुफ्फुसीय भल्भ र पल्मोनरी भनेको पश्चिम तिर जाने भल्भमा धेरै हुन्छ । यसमा एउटा जन्मजात नै हुन्छ । कहिलेकाहीँ जन्मँदा नै भल्भ नबनेको पनि हुन्छ । पछि इन्फेक्सनको कारणले पनि हुन्छ । बाथरोग, हृदय रोग भनिन्छ । यो हाम्रो जस्तो अल्प विकासोन्मुख देशमा धेरै पाइन्छ । स्ट्रेप्टोकोकस नामको किटाणुले टन्सिल गराउँछ । मुटुको भल्भ लिक हुने बिग्रिने पनि हुन्छ । अहिले हाम्रो नेपालमा धेरै अप्रेसन गर्ने भनेको भल्भको हो । त्यसैले यसको अवस्था धेरै गम्भीर छ।

सानो उमेरमा नै मुटुको भल्भ फेर्नु पर्ने अवस्था किन आउँछ ?
एउटा जन्मजात नै भल्भमा समस्या लिएर आएको हुन्छ । बाथ हृदय रोगको कारणले भल्भमा धेरै समस्या हुन्छ । यो ५ वर्षमा पनि सुरु हुन सक्छ ।

भल्भ फेर्न अस्पताल गएपछि के–के प्रक्रियामा जाने त ?
पहिला नै कतै डाइग्नोसिस भएको छ भने हामी त्यसलाई स्क्लीनिङमात्र गछौँ । त्यसमा मुटुको भिडियो एक्स–रे हेर्छौ । अन्तबाट शङ्का गरेर आएको छ भने सबै भल्भ हेर्छौँ । अप्रेसन गर्न मिल्ने छ कि छैन हेर्छौँ । अप्रेसन गर्न मिल्ने छ भने सकेसम्म मुटुलाई आफ्नै भल्भबाट जोगाउनु पर्दछ । ४० वर्ष भन्दा कम उमेरको मान्छेमा सबै जाँच गरेपछि अप्रेसनको तयारी नै हुन्छ । ४० वर्ष भन्दामाथि चाहिँ एउटा कोरोनरी अडिनरी ग्राफी भन्छन् । त्यो भनेको मुटुको नलीमा समस्या छ कि भनेर हेर्छौँ । किनभने ४० वर्ष भन्दा माथिको मान्छेहरूमा यो स्केमिक हार्ट डिजेज हुन सक्ने बोसो जम्न सक्ने हुन्छ । र, त्यस पछि सबै डाक्टरले रिपोर्ट हेरेर अप्रेसन हुन्छ ।

कस्तो अवस्थामा मर्मत गर्ने र कस्तो अवस्थामा परिवर्तन गर्ने त ?
भल्भ मर्मत गर्यो भने राम्रो हो । औषधि पनि खानु परेन । सामान्य हुन्छ । तर, परिवर्तन नै गर्यो भने त्यो मान्छेले जीवन भरि रगत पातलो गर्ने औषधि खानु पर्यो । महिना महिनामा रगत जाँच गराई राख्ने, रगत बग्ने समस्या हुन्छ । बच्चा पाउने महिलाहरूमा उनीहरूको भल्भ मर्मत गर्न पाइयो भने उनीहरूले बच्चा सजिलोसँग जन्माउन सक्छन् । पछि १० वर्षपछि फेर्दा हुन्छ । १० देखि १२ बर्ससम्मको बच्चामा भल्भ फेर्न पर्यो भने उनीहरूलाई ठूलो हुँदासम्म काम चल्ने साइजको भल्भ हाल्न गार्हाे हुन्छ । किनभने मुटु र रगतको नसा पनि सानो हुन्छ । त्यसकारण १५ देखि २० किलोको बच्चालाई भल्भ फेर्दा ५० किलो माथिको हुँदा त्यो भल्भ सानो हुन्छ र फेरी पुन: अप्रेसन गर्नु पर्ने हुन्छ । त्यही भएर सानो बच्चाको भल्भ मर्मत गर्न सकियो भने हुर्किनुजेलसम्म त्यसले काम गर्छ र पछि निकाल्न मिल्छ ।

सानो उमेरमा मर्मत गरेपछि बीचमा समस्या कतिको आउँछ ?
भल्भ बिग्रने कारण बाथ हृदय रोग, बुढेसकालमा, वंशाणुगत कारणले हुन्छ । त्यसैले मर्मतको पनि धेरै तरिका छन् । मर्मतमा पनि बाथ हृदय रोगको भन्दा वंशाणुगत जन्मजात रूपमा आएकोमा परिणाम राम्रो छ । बाथ हृदय रोगपछि गएर फेरि फेर्न पर्ने हुनसक्छ ।

यो फेर्न आर्थिक अवस्थामा के छ सबै नेपालीको पहुँचमा छ कि छैन ?
१५ वर्ष भन्दा कम उमेरको बच्चालाई र ७५ वर्ष भन्दा माथि सरकारले नि:शुल्क अप्रेसन गराउँछ । कुनै अवस्थामा सामग्रीहरू बाहिरबाट ल्याउनु पर्यो भने मात्र पैसा लाग्छ । सरकारको बाथ हृदय रोग सम्बन्धी रोग कार्यक्रम राखेको छ। त्यो भन्दा बाहेक बाहिरबाट आएको व्यक्तिमा रगत चढाउन र बस्न खर्च लाग्छ । तर, नेपालमा सस्तो नै गराएको छ। हामीकहाँ अहिलेसम्म आएका बिरामी पैसाको अभावले त्यसै गएका छैनन् ।

मुटुको भल्भ फेरीसकेपछि बेवास्ता गर्यो भने पछि कस्तो जोखिम निम्तिन सक्छ ?
नियमित डाक्टरको परामर्शमा रहने गर्नुपर्छ । भल्भ मर्मत गरेकोमा भन्दा पनि फेरेकोमा धेरै कुरामा ध्यान दिनु पर्दछ। रगत पातलो गर्ने औषधि खाइरहेको मान्छेले डाक्टरको सल्लाहमा बस्नु पर्दछ । नत्र रगत धेरै बाक्लो भएर मृत्यु पनि हुन सक्छ ।

अप्रेसन गरी सकेकोले र गर्ने तयारीमा रहेकोले के–के कुरामा ध्यान दिने त ?
अप्रेसन गर्न तयारीमा रहेकोले पहिला त के हो भनेर तयार हुनु पर्दछ । मुटुको अप्रेसनमा रिस्क पनि हुन्छ । हामीले १०० जनाको अप्रेसन गर्दा ३ जनाको ज्यान पनि जानसक्छ । त्यसैले त्यो कुरा राम्ररी जान्नु पर्यो । शरीरमा घाउ खटिरा लुतो छ भने त्यो बेला अप्रेसन गर्न हुँदैन । त्यसैले त्यो कुरा नलुकाउने र कुनै औषधि सेवन गरेको छ भने पहिला खुलस्तसँग डाक्टरलाई भन्नुपर्छ । अप्रेसन गरी सकेकोले नियमित फ्लोअपमा बस्ने गर्नुपर्छ ।

मुटुमा कुनै पनि समस्या नआओस् भनेर के–के कुरामा ध्यान दिने ?
रोग लाग्न नदिन जन्म जात मुटुको रोगमा वंशाणुगत यो रोग आयो भने गर्भावस्थामा बच्चामा समस्या छ कि छैन पत्ता लगाउन सकिन्छ । बच्चामा धेरै टङ्सिल भइरहने छ भने पनि मुटुको जाँच गराउने गर्नुपर्छ । सन्तुलित भोजन खाने, गर्भावस्थादेखि नै राम्ररी केयर गर्न सकिन्छ । सरकारले पनि अहिले धेरै औषधिहरू ल्याएको छ जाँचेर खाँदा हुन्छ ।

तपाईंले धेरै समय बाहिर गएर पनि काम गर्नु भएको छ, बाहिर र नेपालमा के फरक पाउनु भयो त ?
प्राविधिक रूपमा नेपालमा धेरै कुरा विकास भएको छ । सबै अप्रेसनहरू राम्रोसँग भएको छ । हाम्रोमा मुटुको प्रत्यारोपण छैन त्यो केही वर्षमा हुन्छ होला । कृत्रिम मुटुहरू नेपालमा सुरु भएको छैन । यो भनेको कृत्रिम मुटु राखेर मान्छे सधैँ नबाँच्ने भएकोले यो नेपालमा आएको छैन । हाम्रो र बाहिर भनेको अनुसन्धान फरक छ । तर, अरु डाक्टर उपचार पर्दछ सबै नेपालमा छ ।

(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ७ : २९ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन