विश्वकप हेर्न इमेलमार्फत हय्या प्रवेश अनुमति   « Khabarhub

विश्वकप हेर्न इमेलमार्फत हय्या प्रवेश अनुमति  


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

दोहा – कतारमा आगामी २० नोभेम्बरमा सुरु हुने फिफा विश्वकप २०२२ को टिकट बुक गरेका अन्तर्राष्ट्रिय फ्यानहरूले इमेलमार्फत कतार प्रवेश अनुमति प्राप्त गर्न थालेका छन्।

कतारले मंगलबार अर्थात् नोभेम्बर १, २०२२ देखि हय्या अनुमतिका सबै धारकहरूको लागि कतार प्रवेश खुल्ला गरेको छ । एफो साइज अनुमतिमा नाम, राष्ट्रियता, हय्या कार्ड नम्बरबाट अन्तिम प्रविष्टि मितिको अतिरिक्त क्युआर कोडसहित प्रवेश गर्नेको फोटो समावेश गरिएको जनाएको छ।

चार भागमा फोल्ड गर्न मिल्ने, प्रवेश अनुमति कतारमा फ्यान अनुभवको आनन्द लिनको लागि डिजिटल गेटवे हो। अनुमतिमा उल्लेख गरिए अनुसार प्रवेश अनुमति एफो कागजमा पूर्ण राम्रो गुणस्तरको प्रिन्टआउटको रूपमा मान्य र स्क्यानिङ उद्देश्यका लागि आवश्यक रहेको जनाएको छ ।

विश्वकपलाई मध्यनजर गर्दै कतारले आगामी मंगलबारदेखि कतार प्रवेश गर्न सबैका लागि कोरोना परीक्षण रिपोर्ट नचाहिने र यहाँ आइसकेपछि पनि र्‍यापीड एन्टिजेन परीक्षण गर्न नपर्ने जनाएको छ ।

फिफा विश्वकपमा ६४ खेलहरू हुनेछ भने नोभेम्बर २० मा कतार र इक्वेडरबीचको पहिलो खेल हुनेछ । कतारको राष्ट्रिय दिवसको दिन डिसेम्बर १८ मा लुसेल स्टेडियममा विश्वकपको फाइनल खेल हुनेछ । आयोजकहरूले प्रतियोगिताको लागि विश्वभरबाट २० लाख बढी दर्शकहरूले कतार भ्रमण गर्ने अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ८ : १० बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित