प्रसूति सेवा हुनु त यस्तो पो ! « Khabarhub

प्रसूति सेवा हुनु त यस्तो पो !


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चितवन – आफू अन्यत्र अस्पतालमा कार्यरत रहेका यहाँका चिकित्सकले आफ्नो श्रीमती र आफन्तका लागि प्रसूति सेवाका लिन भरतपुर अस्पताल रोज्ने गर्दछन्। सर्वसाधारणको पहिलो रोजाइ त छँदैछ धनाढ्य पनि यहीको प्रसूति सेवा लिन रुचाउँछन्।

बिरामीको उच्च चाप भएकाले शय्या अभाव हुँदा भुईंमै बसेर भए पनि यही अस्पतालको प्रसूति सेवा लिने धेरैको चाहना हुन्छ। प्रसूतिगृहपछि सबैभन्दा धेरैले प्रसूति सेवा लिने अस्पतालको रुपमा भरतपुर अस्पताल परिचित छ। प्रसूति सेवा मात्रै होइन, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण उपचार सेवा रहेका कारण धेरैको रोजाइ यो अस्पताल पर्ने गर्दछ।

अस्पतालको तथ्याङ्कलाई हेर्दा गत आर्थिक वर्षमा यहाँ ११ हजार नौ सय ६१ ले प्रसूति सेवा लिएका छन्। तीमध्ये सामान्य प्रसूति गराउने सात हजार चार सय ५८, शल्यक्रिया गरेर प्रसूति गराउने चार हजार एक सय ६८ र जटिल अवस्थामा शल्यक्रिया गराएका तीन सय ३५ रहेका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलका अनुसार प्रसूति विभागमा १३ विशेषज्ञ चिकित्सक कार्यरत छन्। सोही विभागमा विशेषज्ञ चिकित्सक अध्ययनका लागि नियमितरुपमा दुई तीन जना हुने गर्दछन्। उनको भनाइमा प्रसूतिमा तालिम प्राप्त नर्सिङ सेवा यहाँ छ। उनले भने, “२०–२५ वर्षदेखि निरन्तर यही काम गर्ने तालिम प्राप्त, दक्ष नर्सिङ सेवा भएकाले राम्रो सेवा दिन सकिएको हो।” विभागमा ६२ जना तालिम प्राप्त नर्स कार्यरत छन्।

निजी र अन्य सरकारी अस्पतालसँगै सम्पन्न परिवारसम्मको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको उनले बताए। निजी अस्पतालको प्राथमिकता शल्यक्रिया हुने भए पनि भरतपुर अस्पतालमा सकेसम्म सामान्य ढङ्गबाट प्रसूति गराउने प्रयास गरिन्छ। उनले भने, “यस्ता अनुभवी चिकित्सक र नर्स अन्यत्र सम्भव छैन।” निजीमा खर्च धेरै हुन्छ भने यहाँ प्रसूति गराएर घर फर्किदै गर्दा रु एक हजार समेत दिईन्छ।

अस्पतालको यो विभागमा एक सय ४७ शय्या छन्। यसका अतिरिक्त क्याबिन रहेका छन्। प्रसूतिका लागि आएकालाई चार शय्याको भर्ना, १५ शय्याको वेटिङ (पर्खाइ), नौ शय्याको एक्टिभ (सक्रिय) र तीन शय्याको लेवर रुम रहेका छन्। यस्तै प्रसूति वार्ड ३६ शय्याको, २६ शय्याको पोष्टनल र २३ शय्याको पोष्टअप रहेका छन्। अस्पतालमा क्रमशः सेवालाई सुधार गरिँदै लगिएको छ। अस्पतालका सात वटा शल्यक्रिया कक्षमा धेरै प्रसूतिका बिरामीको शल्यक्रिया गर्ने गरिन्छ। शल्यक्रिया कक्षलाई व्यवस्थित बनाएर दुई वटा मोडुलर र तीन वटा सेमिमोडुलर कक्ष निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

विभागका वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रामप्रसाद सापकोटाका अनुसार राजधानी बाहिर प्रसूतिमा भरतपुर अस्पताल पहिरो रोजाइ हो। २४ घण्टा विशेषज्ञ चिकित्सक तथा दक्ष प्रसूतिकर्मीबाट सेवा दिइने भएकाले रोजाइमा परेको उनी बताउँछन्। भौगोलिक हिसाबले नेपालको मध्यभागमा पर्ने भएकाले चितवनसहित ११ जिल्लाका बर्थिङ सेन्टर, सरकारी तथा निजी अस्पतालबाट प्रसूतिका लागि स्वेच्छिक वा रिफर भएर यहाँ आउने गरेको उनले जानकारी दिए।

डा सापकोटाले सीमित जनशक्तिमा बिरामीको अत्यधिक चापका कारण अझै सोचेजस्तो सेवा दिन नसकिएको स्वीकारे। उनले भने, “हामीले यो विभागलाई थप सदृढ बनाउनुपर्छ।” कोभिड हुन वा अन्य रोगका गर्भवतीको प्रसूति यहाँ गर्ने गरिन्छ।

अस्पतालमा नवजात शिशुका लागि विशेष व्यवस्था भएकाले थप रोजाइ हुने गरेको हो। अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा योगराज शर्माका अनुसार जटिल प्रकृतिको बिरामी भएका २८ दिनभन्दा कम उमेरका नवजात शिशुका लागि भेन्टिलेटरलगायत अन्य जीवनोपयोगी उपकरणसहित नवशिशु सघन उपचारा कक्ष अस्पतालमा रहेको छ। बाल सघन उपचार कक्ष लेबल तीनमा (एनआइसियु) मा १२ शय्या र चार वटा भेन्टिलेटर चालु अवस्थामा रहेको उनले जानकारी दिए।

मध्यम प्रकृतिको जटिलता भएका शिशुका लागि अक्सिनलगायत अन्य औषद्योपचार, फोटोथेरापी तथा अन्य सुविधासहितका उपचार कक्ष (एस एन सि यु) (लेवल टु) समेत सुरु गरिँदै छ। सामान्य समस्या भएका तथा लेवल टु र लेवल थ्रीपश्चात् बाँकी उपचार पूरा गर्न अस्पताल बस्नुपर्ने शिशुलाई आमासँगै राखेर उपचार गर्ने नवशिशु वार्ड १२ शय्याको सञ्चालनमा रहेको छ।

यस्तै दिन नपुगी जन्मिएका र कम तौल भएका शिशुलाई अरु उपचारपश्चात् सामान्य भएपछि तौल बढ्न र शारीरिक, मानसिक विकास गर्न मद्दत पुर्‍याउनका लागि आमाले शिशुलाई छातीमा टाँसेर राख्ने पद्धति (कङ्गारु मदर केयर) पाँच शय्याको सञ्चालनमा छ।

बालरोग विशेषज्ञ शर्माले नवजात शिशुका लागि उपचारको भरपर्दो व्यवस्था हुँदा प्रसूति गराउन धेरैले यहाँ चाहने गरेको बताए। सरकारले सङ्घीय अस्पतालका रुपमा भरतपुर अस्पताललाई विकास गरेको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ५६ बजे

ट्रम्प र सीबीच टेलिफोन वार्ता

काठमाडौं – चीनका राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग

नायिका गरिमा शर्मा अमेरिकामा, नेपालमा इन्गेजमेन्टको हल्ला चलेपछि गरिन् खण्डन

काठमाडौं- नेपाली कलाकारहरूबारे विभिन्न हल्लाहरु समयसमयमा आइरहन्छन्। कलाकार विभिन्न हल्लाको

जेनजी आन्दोलनमा प्रहरी कार्यलयबाट लुटिएका हतियारसहित कांग्रेस नेता लिङ्देनका छोरा पक्राउ

काठमाडौं – जेनजी आन्दोलनका क्रममा कामठाडौं प्रहरी कार्यालयबाट लुटिएका हतियारसहित

टीओबी समूहका ५६ सदस्य नेपाली, तेन्जिन मात्र तिब्बतसँग जोडिए

काठमाडौं- गत भदौ २४ गतेको जेन–जी प्रदर्शनमा वातावरण भड्काएको आरोप

विवाहपञ्चमीको पाँचौ दिन आज मटकोर

जनकपुर – जनकपुरधाममा जारी साताव्यापी सीताराम विवाहपञ्चमी महामहोत्सवको आज पाँचौं