लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिए « Khabarhub

लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिए


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा ब्राजिलको नयाँ राष्ट्रपति चुनिएका छन् । ब्राजिलमा आइतबार भएको राष्ट्रपतीय निर्वाचन अन्तर्गत दोस्रो चरणको मतदानको परिणा सार्वजनिक भएसँगै लुला नयाँ राष्ट्रपति चुनिएका हुन् ।

उनले वर्तमान दक्षिणपन्थी राष्ट्रपति जइर बोल्सोनारोलाई झिनो मतको अन्तरले पराजित गरेका हुन् । चुनावमा लुलाले ५०.९ प्रतिशत मत प्राप्त गरेका छन् । ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले लुलाले विजयी हासिल गरेको घोषणा गरेपनि बोल्सोनारोले आफ्नो हार अझैसम्म स्वीकार नगरिसकेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

बोल्सोनारोले निर्वाचनको नतिजाबारे सोमबारमात्रै टिप्पणी गर्ने उनको निर्वाचन अभियानको स्रोतलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

निर्वाचनमा विजयी भएसँगै लुलाले साओ पाउलो सहरको पाउलिस्ता एभमा दशौँ हजार समर्थकहरुलाई सम्बोधन गर्दै बोल्सोनारोले आफूसँग सम्पर्क नगरेको बताएका थिए ।

यसअघि सन् २००३ देखि सन् २०१० सम्म राष्ट्रपतिको जिम्मेवारी सम्हालेका ७७ वर्षे लुलाले आगामी जनवरी १ बाट पद सम्हाल्नेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले लुलालाई बधाई दिएका छन् । उनले ब्राजिलमा भएको ‘स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन’ मा विजयी हासिल गरेको भन्दै लुलालाई बधाई दिएका हुन् । यसबाहेक अन्य युरोपेली एवम् ल्याटिन अमेरिकी मुलुकका नेताहरुले पनि लुलालाई बधाई दिएका छन् ।

वामपन्थी धारका लुलाको विजयले ल्याटिन अमेरिकी मुलुकको राजनीतिमा आएको ‘गुलाबी लहर’ अर्थात् वामपन्थी लहरको पछिल्लो समय कडीको रुपमा व्याख्या गरिएको छ । यसअघि हालैमात्र पेरु, कोलम्बिया लगायतका ल्याटिन अमेरिकी मुलुकमा पनि वामपन्थी नेताहरु राष्ट्रपतिमा निर्वाचन भएका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  १ : ४७ बजे

कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौंको आकाश धुम्म (तस्बिरहरू)

काठमाडौं– नेपालमा न्यून चापिय प्रणालीको प्रभाव रहको हुनाले काठमाडौं उपत्यका

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित