माओवादीको घोषणापत्र कार्यान्वयन हुने ठाउँमा पुग्छौंः प्रचण्ड « Khabarhub

माओवादीको घोषणापत्र कार्यान्वयन हुने ठाउँमा पुग्छौंः प्रचण्ड


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावी घोषणापत्र कार्यान्वयन हुने ठाउँमा आफू पुग्ने बताएका छन् । सोमबार पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्ने क्रममा उनले यसपटक आफैं प्रतिबद्धता पूरा गर्ने र कार्यान्वयन गर्ने ठाउँमा रहेको उनले बताए ।

‘हामीले प्रतिबद्धता पत्र भनेर २०७४ सालमा पनि सार्वजनिक गरेका थियौं । त्यसबेला प्रतिबद्धता बनाउन वाम गठबन्धनमा माओवादीको भूमिका धेरै रह्यो । बरु सरकार चलाउन कुनै भूमिका रहेन । एकाधिकार ढंगले सरकार चलाइयो । हामीलाई आइसोलेट गरियो,’ उनले भने, ‘हामीले पहिले गरेका प्रतिबद्धता पूरा गर्न अहिले हामीलाई मत दिनोस् भनेका छौं ।’

प्रचण्डले आफू सुरक्षित हुन्छु भनेर गोरखा २ मा नगएको दाबी गरे । ‘म सुरक्षित हुन्छु भनेर गोरखा गएको होइन । यहाँ मैले धेरै समय पढाएको छु । गठबन्धन दलका शीर्ष नेताहरूसँग सल्लाह गरेरै म रोल्पा र काठमाडौंबाट समेत निर्वाचन लडेको हुँ,’ उनले भने, ‘म सिराहामा पनि गएर चुनाव लडें । चितवन आफ्नै जिल्ला भएकाले एकपटक चुनाव लडौं भनेर गएको हुँ ।’

शासकीय प्रणालीका विषयमा गठबन्धनका दलसँग छलफल गरेर कार्यान्वयन गर्ने उनले बताए । आफ्नो पार्टीले उठाउँदै आएको प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका विषयमा गठबन्धनमा दलसँग छलफल हुने प्रचण्डले बताए ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ४ : ०८ बजे

केपी ओलीबारे माजिद अन्सारी : सच्चिनुस् कि सक्किनुस्

काठमाडौं – नेकपा (एमाले) भित्र प्रतिनिधिसभा निर्वाचनका लागि टिकट वितरणको

पश्चिमी वायुको आंशिक प्रभाव, तराईका केही भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रत्यक्ष उम्मेदवार टुंगो लगाउन रास्वपा केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं – प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार टुंगो लगाउन राष्ट्रिय स्वतन्त्र पार्टी

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर