विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी « Khabarhub

विश्व सम्बन्धलाई कमजोर नबनाउन महासचिव गुटेर्रेसको चेतावनी


४ माघ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले विश्व सम्बन्धलाई कमजोर नबनाउन चेतावनी दिएका छन्। महासचिव गुटेर्रेसले लन्डनको मेथोडिस्ट सेन्ट्रल हललाई सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन्। महासभाको पहिलो सत्रका लागि सन् १९४६ जनवरी १० मा ५१ देशका प्रतिनिधिहरू भेला भएका थिए।

न्यूयोर्कमा संयुक्त राष्ट्रसङ्घको मुख्यालय अझै निर्माण नभएकाले उनीहरूले लन्डनमा बैठक गरेका हुन्।

महासचिव गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको निर्माणमा बेलायतको निर्णायक भूमिका निर्वाह गरेकोमा प्रशंसा गरेका छन्।

उनले सन् २०२५ अन्तर्राष्ट्रिय सहयोग र संयुक्त राष्ट्रसङ्घको मूल्यमान्यताका लागि निकै चुनौतीपूर्ण वर्ष भएको बताए।

“हामी देख्छौँ, शक्तिराष्ट्रहरू विश्वव्यापी सहयोगलाई कमजोर पार्न लाइनमा छन्।” उनले भने, ‘हामी समस्याका बाबजुद् पनि अघि बढ्छौँ।’

गुटेर्रेसले समुद्री जैविक विविधतासम्बन्धी नयाँ सन्धिलाई निरन्तर प्रगतिको उदाहरणका रूपमा उद्धृत गरे।

यो सन्धिले राष्ट्रिय सीमाभन्दा बाहिर रहेका दुई तिहाइ महासागरमा समुद्री विविधताको संरक्षण र दिगो प्रयोगका लागि पहिलो कानुनी ढाँचा स्थापना गरेको छ।

गुटेर्रेसले संयुक्त राष्ट्रसङ्घको पहिलो महासभाको ८० औँ वार्षिकोत्सवको अवसरमा शनिबार लन्डनमा सम्बोधन गरेका हुन्।

प्रकाशित मिति : ४ माघ २०८२, आइतबार  ७ : ०४ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु