राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्छ : कांग्रेस वरिष्ठ नेता पौडेल « Khabarhub

राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्छ : कांग्रेस वरिष्ठ नेता पौडेल


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामचन्द्र पौडेलले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् ।

तनहुँको देवघाट गाउँपालिका–४ सिन्च्याङगढी, गाईघाट, मोहोरियामा आज आयोजित मतदाता भेटघाटका क्रममा वरिष्ठ नेता पौडेलले विकास अहिलेको मुख्य प्राथमिकता रहेकाले राजनीतिसँगै विकासलाई अगाडि बढाउनुपर्ने बताए ।

“जनतालाई अहिले चाहिएको विकास हो, हामी विकासका लागि प्रतिबद्ध छौँ”, वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पौडेलले भने, “देशमा राजनीतिक क्रान्ति सफल भइसकेकाले अबको मुख्य एजेण्डा विकास हो ।”

सुशासनको जग बसाउन र गाउँमा रोजगारी र आम्दानी दिने काम बाँकी रहेकाले आफू त्यो अभियानमा लागेको पौडेलको भनाइ थियो । “देशलाई सुशासन दिएर विकास गरेर युवालाई विदेशिननपर्ने, रोजगारी सिर्जना गर्नेतर्फ ध्यान दिन्छौँ”, पौडेलले भने ।

वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट तनहुँ १ प्रदेश २ का उम्मेदवार हरिबहादुर चुमानले उपलब्धि रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले निर्वाचन जित्नुपर्ने बताए । वरिष्ठ नेता पौडेल शुक्रबारदेखि घरदैलो अभियानमा व्यस्त छन् ।

पौडेलले शनिबार देवघाट गाउँपालिका–१ र २ को खाल्टे, बैदी, कोटा, आइतबार देवघाट गाउँपालिका–५ कालिमाटी लगायतका ठाउँमा घरदैलो गरेका थिए । पौडेलको घरदैलो अभियान कात्तिक १५, १६ र १७ गते आँबुखैरेनी तथा १९, २० र २१ गते बन्दीपुर गाउँपालिकामा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ६ : ४६ बजे

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको