पाकिस्तानमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा प्रहरीको मृत्यु « Khabarhub

पाकिस्तानमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा प्रहरीको मृत्यु


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा एक जना प्रहरीको मृत्यु भएको छ । पाकिस्तानको डेरा इस्माइल खाँ क्षेत्रमा अज्ञात बन्दुकधारीले आक्रमण गर्दा मोहम्मद अस्लम मारिएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

उनी स्थानीय प्रभा प्रहरी चौकीमा कार्यरत रहेको र बेनजरी आय सहयोग कार्यक्रमको सुरक्षाका लागि जाने क्रममा उनको हत्या भएको जनाइएको छ । आक्रमणकारीले उनको साथमा रहेको बन्दुक पनि लुटेर लगेको डनले उल्लेख गरेको छ ।

आक्रमणपछि प्रहरीले आक्रमणकारीको खोजीकार्य तीव्र बनाएका छन् । उनको हत्याबारे प्रतिआतंकवाद विभागमा पनि उजुरी पेश गरिएको र घटनाबारे अनुसन्धान अघि बढाइएको छ ।

कर्तव्य पालनाका क्रममा मारिएका उनको प्रहरीले औपचारिक सम्मानका साथ अन्तिम संस्कार गरेको डनले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ५ : ०६ बजे

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय