गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै « Khabarhub

गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुँदै


१४ कार्तिक २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटिले दोस्रो संस्करणको ‘वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता’ यही कात्तिक १९ देखि २६ गतेसम्म आयोजना गर्ने भएको छ ।

कमिटीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सातदोबाटोस्थित टेनिस कोर्टमा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो । एक सातासम्म चल्ने प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सञ्जिव तुलाधरले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत टेनिसको महिला पुरुष विजेताले रु ८० हजार, दोस्रोले रु ४० हजार र तेस्रोले रु २० हजार पाउने भएका छन् । महिला पुरुष डबल्सको विजेताले रु ४० हजार, उपविजेताले रु २० हजार र तेस्रोले रु १० हजार पाउने आयोजकले जनाएको छ । पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमश रु ४० हजार, रु २० हजार र रु १० हजार, पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले क्रमशः रु २५ हजार, रु १५ हजार र रु पाँच हजार पाउनेछन् ।

पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले क्रमशः रु ३० हजार, रु १५ हजार र रु पाँच हजार, ४५ वर्षमाथि डबल्सकाले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार पाउने आयोजकले जनाएको छ । पुरुष ५५ वर्षमाथिका एकलले क्रमशः रु २० हजार, रु १० हजार र रु पाँच हजार, ५५ वर्षमाथि डबल्सले क्रमशः रु १५ हजार, रु आठ हजार र रु पाँच हजार र ६५ वर्षमाथिका शीर्ष तीनले क्रमशः रु १५ हजार, रु सात हजार पाँच र रु पाँच हजार पाउनेछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : २३ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका