यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम « Khabarhub

यी हुन् विश्व इतिहासमा आज भएका घटनाक्रम


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

आज ३१ डिसेम्बर। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाः

नाइजेरियामा कु
सन् १९८३ मा नाइजेरियामा कु भएको थियो। ३१ डिसेम्बरमा सेनाले कु गरी तत्कालिन सरकार प्रमुख सिहु सागरी नेतृत्वको नागरिक सरकारलाई अपदस्थ गरी तत्कालिन मेजर जनरल मुहमदु बुहारीलाई राष्ट्रपतिमा नियुक्त गरेको थियो।

चीनको वुहानमा सबैभन्दा पहिला कोभिड देखिएको दिन
सन् २०१९ को ३१ डिसेम्बरमा चीनको वुहानमा भाइरल निमोनियाजस्तै ज्वरो देखिएको थियो, जसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोभिड १९ नाम दिएको थियो।

विभिन्न भेरियन्टमा देखिएको कोभिडले विश्वव्यापी महामारी बनेको छ। कोभिडका कारण अहिलेसम्म विश्वमा ५३ लाख ७० हजारको ज्यान गएको छ।

अमेरिकाद्वारा पानामा क्यानल पानामलाई हस्तान्तरण
लामो समयदेखि आफ्नो नियन्त्रणमा रहेको पानामा क्यानललाई सन् १९९९ मा अमेरिकाले औपचारिक रुपमा पानामालाई हस्तान्तरण गरेको थियो।

सौर्यमन्डलमा दुर्लभ घटना
सन् २००९ को ३१ डिसेम्बरमा एउटा दुर्लभ घटना भएको थियो। सो दिन ब्लू मुन र चन्द्र ग्रहण एकै दिन परेको थियो। सौर्यमन्डलमा अव यस्तै दुर्लभ क्षण सन् २०२८ को नयाँ वर्षको पूर्वसन्ध्यामा देख्न पाइनेछ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ३९ बजे

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव

प्रधानमन्त्री कार्कीद्वारा वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण

सामुदायिक वन उपभोक्ता समूहका पूर्वपदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा

जाजरकोट- जाजरकोटस्थित चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीहरूविरुद्ध