दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाइ « Khabarhub

दक्षिण कोरियामा चिनियाँ यात्रुलाई कडाइ


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिउल – दक्षिण कोरियाले मुख्य भूमि चीनबाट आउने यात्रुहरूलाई सीमित गर्न भिसा प्रतिबन्धहरू, परीक्षण र उडानहरू सीमितलगायतका कदम चालेको छ। बेइजिङमा कोभिड संक्रमणमा बृद्धिसँगै दक्षिण कोरियाले उक्त कदम चालेको हो।

इटाली, जापान, भारत र अमेरिका लगायतका देशहरूले आफ्नै उपायहरू घोषणा गरेपछि कोभिड संक्रमणबाट जोगिन सियोलको निर्णय आएको हो। ‘अर्को वर्ष फेव्रुवरी सम्म चीनबाट (दक्षिण कोरिया) प्रवेश गर्नेहरूले आफ्नो आगमन अघि र पछि कोभिड परीक्षण गराउनुपर्नेछ,’ प्रधानमन्त्री हान डक–सूले शुक्रबार भने।

हानले थपे, ‘चीनमा कोभिड–१९ को बिग्रँदै गएको अवस्थाका कारण हाम्रो देशमा भाइरसको फैलावट रोक्नको लागि सियोलले केही महामारी विरोधी उपायहरूलाई अनिवार्य रूपमा बलियो बनाउँदै छ।’

चीनबाट आउने यात्रुहरूले दक्षिण कोरियाको लागि विमान चढ्नु अघि ४८ घण्टाभित्र नेगेटिभ पीसीआर परीक्षण वा प्रस्थान गर्नुभन्दा २४ घण्टाभित्र नेगेटिभ एन्टिजेन परीक्षण उपलब्ध गराउनु पर्नेछ। उनीहरूले आफ्नो आगमनको पहिलो दिन भित्र पीसीआर परीक्षण पनि गर्नुपर्नेछ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ८ : ०९ बजे

निर्वाचन आयोगलाई प्रश्न- अन्तर जिल्ला मतदानको अधिकार खाेइ ?

निर्वाचनको तिथि आउन दुई महिना बाँकी छ । सरकारले चुनावका

तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

भीमफेदी दुर्घटना अपडेट : मृतक ६ मध्ये चार जनाको सनाखत

काठमाडौं – आइतबार हेटौंडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी दुर्घटनामा ज्यान गुमाएका

रुपन्देहीमा अवैध सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले

काठमाडौं र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं र ललितपुरका