‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’ « Khabarhub

‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशसभामा प्रवेश गरेका सांसदले सक्षम र राम्रो भूमिका निर्वाह गर्नुपर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रदेशसभा सचिवालय प्रदेश नं १ द्वारा शुक्रबार यहाँ आयोजित ‘प्रदेशसभाका नवनिर्वाचित सदस्यका लागि अभिमुखीकरण’ कार्यक्रममा उनले सांसदको भूमिका प्रदेशसभा र बाहिर पनि हुने भएकाले आफ्ना जिम्मेवारी र उत्तरदायीत्व इमान्दारीपूर्वक निर्वाह गर्नुपर्ने बताए । प्रदेश संरचनासहितको सङ्घीयतालाई सदृढ एवं व्यवस्थित गर्न सांसदले आफ्नो कामबाट प्रमाणीत गर्नुपर्नेमा उनले जोड दिए।

सङ्घीयतका विषयमा विभिन्न कोणबाट नकारात्मक टिप्पणी भइरहेको अवस्थामा यसलाई चिरफार गर्न प्रदेशसभा सदस्यको भूमिका अझ फराकिलो हुने भन्दै प्रदेश सरकारले हरेक वर्ष प्रत्येक जिल्लामा तीनदेखि चार सय योजना पठाइरहेको उनले सुनाए। मुख्यमन्त्री राईले सङ्घीय सरकारले दोहोरो अधिकारका कानुन बनाइ नसेकाले प्रदेश निजामती सेवा ऐन र प्रदेश प्रहरी ऐन बन्न नसकेको बताउँदै प्रदेशसभा सदस्य र सरकार बलिया हुनुपर्ने धारणा राखे । प्रदेश सभाध्यक्ष गयानन्द मण्डल गनगाईंले जनप्रतिनिधिले आफ्नो औचित्य सावित गर्न जनताका चाहना र आवश्यकतामा ध्यान दिनुपर्ने बताए ।

उनले जनताले अहिले पनि नागरिकता र मल बीउबिजनको समस्या झेलिरहेकाले यसमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्दै उत्पादन र उत्पादकत्व बढाउने किसानको समस्यामा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।

प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले तालिम र अनुभवबाट नै सांसद प्रदेशसभामा निखारिएर प्रस्तुत हुन सक्ने विचार राखे । दुई दिने सो कार्यक्रममा संविधानविद् विपीन अधिकारीले संविधानको आलोकमा सङ्घीयता सवलीकरणमा प्रदेश तथा प्रदेश व्यवस्थापिकाको भूमिका, प्रदेश र प्रदेशसभा सदस्यको विधायिकी भूमिका विषयमा र सहजकर्ता मुकुन्द आचार्यले सभा सञ्चालन र व्यवस्थापन प्रक्रिया र सुरेश प्रधानले सार्वजनिक वित्त व्यवस्थापन, बजेट कार्यान्वयनको निगरानी र लेखापरीक्षणका विषयमा आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुहुने कार्यक्रम रहेको प्रदेशसभा सचिव पराजुलीले बताए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : १६ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा