चौतारा साँगाचोकगढीमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक « Khabarhub

चौतारा साँगाचोकगढीमा ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक – जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिकाले सञ्चालन गरेको ज्येष्ठ नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम प्रभावकारी भएको छ। पुस १२ गते कुबिण्डेबाट सुरु भएको उक्त शिविर सबै वडामा सञ्चानलन हुने चौतारा साँगाचोक नगरपालिका स्वास्थ्य शाखा प्रमुख शिव पुरीले बताए।

वडा नम्बर४ कुबिण्डे, वडा नम्बर १ स्याउले र वडा नम्बर ११ भिमटारमा सम्पन्न निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा पाँच सय ७२ ले सेवा लिएका छन्। आँखा परीक्षण चार सय ४३ जनाको भएकोमा मोतियाबिन्दु भएको २९ बिरामी भेटिएका छन्। रक्त परीक्षण गरिएको चार सय २८ मा १० जनामा मधुमेह भेटियो। क्षयरोगको शङ्कास्पद पाँच जना देखिएका छन्।

स्वस्थ रहनका लागि चेतना सबैभन्दा महत्वपूर्ण भएको हुँदा हरेक टोलमा पुगेर जनचेतनामूलक ज्येष्ठ नागरिकलाई स्वास्थ्य क्लिनिक सञ्चालन गरिने नगरप्रमुख कृष्णप्रसाद सापकोटाले जानकारी दिए। ज्येष्ठ नागरिकले उपचारका लागि सास्ती भोग्न थालेपछि टोल टोलमै गएर स्वास्थ्य परीक्षण गर्ने नगरपालिकाले नीति तथा कार्यक्रममा उल्लेख गर्दै रु २५ लाख रकम विनियोजन गरेको छ। आर्थिक अवस्थाले उपचार नै नपाएका, स्वास्थ्य संस्थामा पुग्ने अवस्था नभएका बिरामी पहिचान गर्दै विशेष कार्यक्रमसमेत ल्याउने नगरप्रमुख सापकोटाले बताए।

नगर जनस्वास्थ्य अधिकृत दिनेश नेपालका अनुसार पहिलो चरणमा प्रत्येक वडामा शिविरमार्फत ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्दै रोग र समस्या पहिचान गर्ने गरेको छ। आवश्यकताअनुसार उनीहरूलाई निःशुल्क औषधिसमेत बाँडिने र अन्यत्र रेफर गर्ने नेपालले बताए।

पहिला एक पटक आँखा जाँच गर्दा काठमाडौँ जाने सल्लाह पाए पनि पैसा नभएर जान नसकेको अवस्थामा गाउँमै शिविर सञ्चालन भएपछि भिमटारकी ७० वर्षीया वृद्ध धनमाया माझीले खुसी व्यक्त गरे।

आइतबारको शिविरमा एकै व्यक्तिमा तीन-चार वटा दीर्घरोगसमेत देखिएको भन्दै केहीलाई बाहिरको अस्पतालमा जान भनिएको छ। स्वास्थ्यकर्मी औषधोपचार नपाएका अशक्त, अपाङ्गता भएका ज्येष्ठ नागरिकको टोलमै पुगेर उपचार र स्वास्थ्य परीक्षण गर्दा दैलोमै सरकारको अनुभूति भएको स्थानीय कालिका दुलालले बताए। अधिकांश ज्येष्ठ नागरिकमा दम, उच्च रक्तचाप, मधुमेह, बाथलगायत स्वास्थ्य समस्या देखिएका छन्।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ४० बजे

इरानी नेता खामेनीको अन्त्येष्टिमा जनसागर

तेहरान – अमेरिकी र इजरायली संयुक्त हवाई आक्रमणमा मारिएका इरानका

हात्ती धपाउन खोज्दा घरमा आगलागी : आमा छोराको मृत्यु

चितवन – चितवनमा जंगली हात्तीको आक्रमण र आगलागीबाट आमा–छोराको मृत्यु

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही– सर्लाहीमा अत्यधिक गर्मी बढेपछि सर्पको बिगबिगी भएको छ ।

बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न

लन्डन– बेलायतको क्याम्ब्रिज सहरमा नेपाली काव्य यात्रा सम्पन्न भएको छ

ट्राफिक कारबाहीमा एकैदिन पाँच लाख बढी राजस्व असुली

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन एक हजार ८१३ सवारीचालकलाई सवारी