जसपाको कार्यकारिणी समिति बैठक जारी « Khabarhub

जसपाको कार्यकारिणी समिति बैठक जारी


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको रणनीति तय गर्न जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक जारी छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा केहीबेरअघि सुरु भएको बैठकमा सरकारमा सहभागिता, पार्टीको आगामी महाधिवेशनलगायत विषयमा छलफल भइरहेको जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए । 

उनका अनुसार निर्वाचनको समीक्षा गर्दै पार्टीको महाधिवेशनबारे निर्णय हुनेछ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जसपाले सरकारमा सहभागिताबारे निर्णय गरिसकेको छैन । आजको बैठकमा सो विषयमा पनि निर्णय हुनसक्ने जसपाले जनाएको छ ।

यसैबीच जसपाले मधेस प्रदेशसभामा संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय समिति गठन गरेको छ । लालकिशोर साहको संयोजकत्वमा गठित समितिको सदस्यमा दिनेश यादव र रवीन्द्र गिरी रहेका छन्। मधेस प्रदेशमा जसपाको प्रत्यक्षतर्फ निर्वाचित नौ र समानुपातिकतर्फ सात गरी १६ सदस्य रहेका छन् ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : ०८ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको