जनप्रतिनिधिकै मिलेमत्तोमा जथाभावी माटो उत्खनन् | Khabarhub Khabarhub

जनप्रतिनिधिकै मिलेमत्तोमा जथाभावी माटो उत्खनन्


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सिरहा– जनप्रतिनिधिसँगको मिलेमतोमा अवैध रुपमा माटो उत्खनन् गर्ने दुई वटा ट्रक र एक वटा डोजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गोलबजार नगरपालिकाऔ७ चोहर्वास्थित सामुदायिक भवन छेउमा रहेको खाल्डो पुर्न सोही वडाको आधारभुत विद्यालय कदिमाटोल नजिकैबाट अवैध रुपमा माटो उत्खनन् गरिरहेको अवस्थामा प्रहरीले बा १ क ७३२९ नम्बरको डोजर र ना २ क ९ नम्बरको ट्रक र ज १ क ४९४ नम्बरको  अर्को डोजर नियन्त्रणमा लिएको हो ।

माटो उत्खननका कारण विद्यालय जोखिममा परेको स्थानीयको भनाइ छ। सानो खोल्साको डिलमा रहेको विद्यालय नजिकबाट जथाभावी माटो निकाल्दा विद्यालयमा पहिरो जाने अवस्थामा पुगेको स्थानीय युवाको भनाइ छ ।

नगरकै योजनाको काममा प्रयोग भइरहेको माटो अवैधरुपमा उत्खनन हुँदा पालिकाको दोहोरो करछली भएको स्थानीय युवा बताउँछन् । यसरी दर्ता नभएको खानी वा जमिनबाट माटो खरिद गर्दा राजश्व छली हुन्छ नै । सँगै उपभोक्ताले सस्तोमा किनेर महंगोको विल हाल्न पाउने सुविधा पनि रहन्छ। 

वडाअध्यक्ष हरिशरण ठाकुरले उपभोक्ता समितिले व्यक्तिको नाममा रहेको नम्बरी जमिनबाट माटो ल्याएको बताए । उनले भने, ‘उपभोक्ताले नजिकै रहेको महेन्द्र यादवको नम्बरी जमिनबाट माटो ल्याएको हो, कुनै ऐलानी जमिनबाट होइन्, नजिकै भेटेकाले ल्याएछ ।’

नगरपालिकाको श्रममूलक कार्यक्रम निर्माण कार्य (एलआईपी) कार्यक्रमअन्तर्गत गोलबजार नपा-७ चोहर्वामा अधुरो सामुदायिक भवन फिनिसिङका लागि २० लाख रकम छुट्याएको छ। 

अधुरो सामुदायिक भवन फिनिसिङका लागि उपभोक्ता समितिले नगरपालिकासँग सम्झौता नै नगरी काम सुरु गरेको छ । गोलबजार नगरपालिकाका रोजगार संयोजक सुरेश ठाकुरले समिति गठन भएको सुने पनि आधिकारिक रुपमा फाइल आइनसकेको बताए । उनले भने, ‘फाईल नै आएको छैन, फाईल नआई सम्झौता र कार्यादेश कसरी हुन्छ ?’ भन्दै उल्टै प्रतिप्रश्न गरे।

वडा अध्यक्ष हरिशरण ठाकुरले केही दिन पहिला सर्वदलीय सर्वपक्षीय बैठक बसेर समिति गठन गरे पनि अझै जानकारी नआएको बताए । उनले भने, ‘बैठकबाट समिति गठन भइसकेको छ, समितिमा को को छ भन्ने मैले जानकारी लिनुपर्छ, त्यही समितिले काम गरेको होला।’

 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  १ : २५ बजे

गृहमन्त्रीले भने : पाँच वर्षभित्र प्रत्येक नागरिकले जोखिमको पूर्वसूचना प्राप्त गर्नेछन्

भक्तपुर – गृहमन्त्री रमेश लेखकले सन् २०३० सम्ममा नेपालका प्रत्येक

उत्तरकाशीको धराली बाढीमा कम्तीमा १३ नेपाली बेपत्ता

काठमाडौं – भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशी जाने बाटोमा पर्ने धराली

विश्वको सबैभन्दा धेरै प्लास्टिक उत्पादन गर्ने राष्ट्र बन्यो चीन

जेनेभा – सन् २०२४ मा सात वटा देशले सबैभन्दा सामान्य

क्यानडा जानका लागेका खेम सेन्चुरी विमानस्थलमै बिरामी, केएमसी अस्पतालमा भर्ना

काठमाडौं – चर्चित लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्यमा समस्या

भरतपुरमा ४०० भन्दा बढी विद्यार्थीले पाए छात्रवृत्ति

चितवन – भरतपुर महानगरपालिकाका २९ वटा विद्यालयमा कक्षा ११ मा