बागमती गोल्डकपमा १० टोलीले खेल्ने « Khabarhub

बागमती गोल्डकपमा १० टोलीले खेल्ने


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती गोल्डकप फुटबल प्रतियोगिताको पाँचौँ संस्करणमा १० टोली सहभागी हुने भएका छन् । बागमती गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा एक विदेशीसहित १० टोली सहभागी हुने भएका हुन् । यही पुस २४ देखि आगामी माघ ३ गतेसम्म प्रतियोगिता हुन लागेको बागमती गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगितामा अमेरिकन क्लब भुटनिजसहित ‘ए’ डिभिजनका सात र मोफसलका दुई टोलीको सहभागिता रहने समितिका अध्यक्ष टीका श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताको विजेता टोलीले आठ लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु चार लाखसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले रु ५१ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही रु १०-१० हजार, ट्रफी र प्रमाणपत्र पाउनेछन् । हरेक खेलको ‘म्यान अफ दी म्याच’ लाई पाँच हजार दिइने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब ७१ लाख खर्च हुने आयोजकको अनुमान छ । खेल बागमती-८, फापरबारीस्थित जनता माविको मैदानमा हुनेछ । चौथो संस्करणको उपाधि अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई हराउँदै ‘ए’ डिभिजन क्लब थ्री स्टारले जितेको थियो ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  २ : ०० बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला