‘मोडल अफ इरा’ को उपाधि निशिका र रोहनलाई « Khabarhub

 ‘मोडल अफ इरा’ को उपाधि निशिका र रोहनलाई


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौंकृजोना मिडिया ग्रुपले आयोजना गरेको ‘मोडल अफ इरा’ को चौथो संस्करणको उपाधि निशिका श्रेष्ठ र रोहन थापा मगरले जितेका छन् । होप इन्टरनेशनल एडुकेशन कन्सलटेन्सीले शीर्ष प्रायोजना गरेको प्रतियोगिताको विजेतासँगै दुवैले २५ हजार रुपैयाँ, अभिनय तथा फिल्म अध्ययनमा छात्रवृत्ति, विभिन्न मोडलिङमा सम्झौता र फोटो भिडियो पोर्टफोलियो सुटको अवसर प्राप्त गरेका छन् । काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा शुक्रबार साँझ सम्पन्न प्रतियोगितामा महिलातर्फ ९ र पुरुषतर्फ ८ गरी कुल १७ प्रतियोगी सहभागी थिए ।

प्रतियोगितामा अस्मिता मगर र सिद्धान्तराज शाह ‘फस्ट रनर अप’ तथा शिला नेपाली र रोहित शाह ‘सेकेण्ड रनरअप’ भए । प्रतियोगितामा रोहन थापा मगर र जश्मिन कलवार ‘मस्ट पपुलर’, राजा अन्सारी र अस्मिता बुढाथोकी मगर ‘बेष्टवाक’, सिद्धान्तराज शाह ‘बेस्ट फिजिक’, स्रिज्मा केसी ‘बेस्ट फिगर’, डेभिल थापा मगर र समृद्धि रेग्मी ‘बेस्ट पर्सनालिटी’, रवी शाह र निशिका श्रेष्ठ ‘मस्ट कन्फिडेन्ट’, रोहन थापा मगर र शीला नेपाली ‘मस्ट फोटोजेनिक’, रोहित शाह र अप्रिस्का सेढाइ ‘मस्ट ट्यालेन्टेड’, रोहन थापा मगर र छोटी शेर्पा ‘भ्यूवर च्वाइस’ तथा नमोजी  गुप्ता र अञ्जना बुढा ‘बेस्ट स्माइल’ बने ।

प्रतियोगिताको निर्णायकमा अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता दीपक घिमिरे, मोडेल युसा मगर, फेशन डिजाइनर मिनु श्रेष्ठ, विशाल श्रेष्ठ, मोडल तथा अभिनेता मनिष राउत र मोडल तथा कलाकार मारिया कार्की  थिए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ४ : ४२ बजे

विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह

काठमाडौं– नेपाल पिडियाट्रिक सोसाइटी (नेपास) ले प्राकृतिक विपद् तथा आपत्कालीन

एसियाड उद्घाटन: चन्द्र र मानमतीले बोके नेपालको झण्डा (फोटो फिचर)

काठमाडौं- जापानको आइची-नागोयामा आयोजित २०औँ एसियाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन

परराष्ट्र मन्त्रालयमा पहिलोपटक ‘वातावरण कूटनीति शाखा’ स्थापना

काठमाडौँ – जलवायु परिवर्तन तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत

सडक किनारमा नगरपालिकाको बेसार खेती

धनकुटा– स्थानीय किसान तथा सामुदायिक वन समूहलाई उत्पादनमूलक कृषिमा प्रोत्साहन

बीस क्विन्टल गाँजासहित दुईजना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ फत्तेपुरबाट