कैलालीमा हाइस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो | Khabarhub Khabarhub

कैलालीमा हाइस दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– कैलालीको गौरीगंगामा बिहान १०: २० बजे भएको हाइस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते १८ जना घाइते भएका छन् । मृत्यु हुनेमा ७३ वर्षीय कर्मा प्याकुरेल रहेकी छन् । उनको उपचारका क्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो ।

घाइते मध्ये पदमा अस्पताल अत्तरियामा उपचाररत २५ वर्षीय गजेन्द्र प्याकुरेलको कम्मर र मुखमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

हाइस दुर्घटना हुँदा कैलालीको भजनी नगरपालिका–२ का ३४ वर्षीय मोहन डगौरा, उनकी श्रीमती ३३ वर्षीया जानकी डगौरा, मोहन डगौरा र जानकी डगौराको छोरा ६र७ वर्षीय समेत घाइते छन् । 

त्यस्तै टिकापुर नगरपालिका–१ का ४० वर्षीया कृष्णी चौधरी, सोही स्थानकी २० वर्षीया पुजा चौधरी, जानकी गाउँपालिका–६ की ३५ वर्षीया अञ्जली चौधरी, टीकापुर नगरपालिका–१ की कृष्णी चौधरीको छोरा प्रिन्स चौधरी, बर्दिया गोरुवा–५ का ४४ वर्षीय रामबहादुर खडायतको कम्मर र मुखमा चोट लागेको छ । 

दुर्घटनामा परी घाइते हुनेमा बर्दिया घर बताउने ४० वर्षीय प्रकाश खडायत, बर्दियाकै ४६ वर्षीय लालबहादुर गाहामगर, बर्दियाकी ४२ वर्षीया मनुकुमारी चौलागाई रहेका छन् ।

त्यस्तै जानकी गाउँपालिका–४ का ५६ वर्षीय मन्तराम कठरिया, कञ्चनपुरको बेदकोट नगरपालिका–१० का २९ वर्षीय मुकेश राना, भीमदत्त नगरपालिका–३ का ३१ वर्षीय रुद्र गुरुङ, जानकी गाउँपालिका–४ की ३२ वर्षीया अञ्जली रावत, ३७ वर्षीय रामबिलास रावतको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ६ : ०४ बजे

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा