रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु « Khabarhub

रौतहटमा सवारी दुर्घटना, दुई जनाको मृत्यु


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय गरुडाका अनुसार ना१ज ६७४९ नम्बरको म्याजिक र बा३९प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुबै जनाको टाउकोमा चोट लागेको थियो ।

दुर्घटनामा परेका सवारी तथा म्याजिक चालक चन्द्रपुर ४ का २७ वर्षीय सहुल मियाँ नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : ०४ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ