रुकुमपूर्वमा कृषि प्रदर्शनी मेला, उत्कृष्ट कृषक पुरस्कृत « Khabarhub

रुकुमपूर्वमा कृषि प्रदर्शनी मेला, उत्कृष्ट कृषक पुरस्कृत


१६ पुस २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

रुकुमपूर्व- रुकुमपूर्वमा कृषि मेला तथा प्रदर्शनी समपन्न भएको छ । ‘कृषि पर्यटन उद्योगमा विस्तार, समृद्ध रुकुमूर्वको मूल आधार’ भन्ने नाराका साथ जिल्लामा हिजो र आज दुई दिन सिस्ने गाउँपालिका–६ रुकुमकोटमा जिल्लास्तरीय कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको हो ।

जिल्लाको एकीकृत कृषि तथा पशुपन्क्षी विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, हुरेड कार्स नेपाल, युएमएन र मिक नेपालले संयुक्तरूपमा कृषि उत्पादकत्व वृद्धिका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।

जिल्लामा अधिकांश व्यक्ति कृषिमा आत्मनिर्भर रहे पनि सोचेअनुसारको कृषि उत्पादन भइरहेको छैन । कृषिको उत्पादकत्व वृद्धि गर्नका लागि जिल्लास्थित कृषकबीच प्रतिस्पर्धाका लागि कृषि मेला तथा प्रदर्शनी कार्यक्रम गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले बताए। हरेक वर्ष एकपटकको कृषि मेला तथा प्रदर्शनी कार्यक्रमले कृषकमा कृषि उत्पादनका लागि ऊर्जा दिइरहेको बस्नेतले बताए ।

कृषि मेला गर्दा राम्रो उत्पादन गर्ने कृषकलाई नगदसहित प्रमाणपत्रले पुरस्कृत गर्ने गरिएको छ । कृषि कार्यालयमार्फत् उत्कृृष्ट कृषक पुरस्कृत हुने भएकाले कृषकले कृषि उत्पादकत्व वृद्धि गर्न प्रेरणा मिल्ने गरेको मेलामा भाग लिएका कृषकले बताएका छन् । कृषि उत्पादन गरेर जिल्लालाई कृषिमा आत्मनिर्भर गर्नका निम्ति जिल्लास्थित सरकारी कार्यालय लाग्नुपर्नेसमेत कार्यक्रममा सहभागीको भनाइ छ ।

उत्कृष्ट कृषक पुरस्कृत

कृषि मेलामा भाग लिएका साढे तीन सय जना कृषकमध्ये एक सय १२ जना कृषक पुरस्कृत भएका छन् । कृषि मेलामा कृषकले पशुपन्क्षी, फलफूल, तेलहन, दलहन, नगदेबालीअन्तर्गत पर्ने विभिन्न विधाका कृषि उपज प्रदर्शनी गर्न आएका थिए । जसमा प्रथम हुनेलाई दुई हजार, दोस्रोलाई एक हजार पाँच सय, तेस्रोलाई एक हजार र सान्त्वनालाई सात सय नगदसहित प्रमाणपत्रले पुरस्कृत गरिएको एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका सूचना अधिकारी थलराज बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : १६ पुस २०७९, शनिबार  ९ : २६ बजे

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा– हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया लजुमा

महानवमीमा भद्रकाली मन्दिरमा सवारीसाधन पूज्नेको भीड

काठमाडौं– बडादसैँको महानवमीका अवसरमा काठमाडौंको भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा

हनुमानढोका दरबारको मूलचोकमा बोका र राँगाको बलि

काठमाडौँ– काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको मूलचोकमा दसैँको महानवमीका दिन बोका

चितवनमा तीन हजार ३६२ मतदाताको नाम सूचीबाट हटाइयो

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा

कोलम्बियामा सुनखानी भत्किँदा १४ मजदुरको मृत्यु, सात घाइते

बोगोटा– कोलम्बियाको दक्षिणपश्चिमी नारिनो प्रान्तमा अनुमति नलिई सञ्चालन गरिएको खुला सुनखानी