एभर्टनसँग सिटी अंक बाढ्न बाध्य | Khabarhub Khabarhub

एभर्टनसँग सिटी अंक बाढ्न बाध्य


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदै सिटी अंक बाढ्न बाध्य भएको हो।

यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो। १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ। एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो।

घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो। रियाद माहरेजले मिलाएको पासलाई हाल्यान्डले बक्सभित्रबाट गोल गरेका थिए।

पहिलो हाफमा एक गोल बेहोरेको भ्रमणकारी टोली एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो। इड्रिशा गुएको पास सदुपयोग गर्दै ग्रेले एभर्टनको हार टारेका थिए।

यसैगरी शनिबार नै भएको खेलमा मार्कुस रसफोर्डको निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १–० ले पराजित गरेको थियो।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ०७ बजे

अपाङ्गता अधिकारसम्बन्धी व्यवस्थाको प्रभावकारी कार्यान्वयन जरुरी : राष्ट्रपति 

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले अपाङ्गता भएका व्यक्तिको जीवनस्तरमा सुधार ल्याउन

महिलाले चुरा किन लगाउँछन् ? 

चुरा हामी सबैले देखेका छौँ । विशेष गरी महिलाले चुरा

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायुको

आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज (मंसिर १७ गते) आइतबारका

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं- हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै