एभर्टनसँग सिटी अंक बाढ्न बाध्य « Khabarhub

एभर्टनसँग सिटी अंक बाढ्न बाध्य


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर सिटी घरेलु मैदानमा एभर्टनसँग बराबरीमा रोकिएको छ। शनिबार राति भएको इङ्लिस प्रिमियर लिगमा एभर्टनसँग १–१ गोलको बराबरीमा रोकिँदै सिटी अंक बाढ्न बाध्य भएको हो।

यस बराबरीसँग सिटीले शीर्षस्थानको आर्सनलसँग अंक दूरी घटाउने अवसर गुमायो। १६ खेलबाट ३६ अंक जोडेको सिटी दोस्रो स्थानमा छ। एभर्टन १७ खेलबाट १५ अंक जोड्दै १६औं स्थानमा रह्यो।

घरेलु इतिहाद मैदानमा सिटीले एर्लिन हाल्यान्डको गोलमा २४औं मिनेटमा अग्रता लिएको थियो। रियाद माहरेजले मिलाएको पासलाई हाल्यान्डले बक्सभित्रबाट गोल गरेका थिए।

पहिलो हाफमा एक गोल बेहोरेको भ्रमणकारी टोली एभर्टन डेमाराइ ग्रेको गोलमा खेलमा फर्कियो। इड्रिशा गुएको पास सदुपयोग गर्दै ग्रेले एभर्टनको हार टारेका थिए।

यसैगरी शनिबार नै भएको खेलमा मार्कुस रसफोर्डको निर्णायक गोल गरेपछि म्यानचेस्टर युनाइटेडले उल्भ्सलाई १–० ले पराजित गरेको थियो।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ८ : ०७ बजे

ड्रोनबाट यस्तो देखियो नारायणी छेउछाउको बस्ती (तस्बिरहरू)

काठमाडौं– लगातारको वर्षाले नारायणी नदीले सतर्कता तह नाघिसकेको छ ।

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

वीरगञ्ज– वीरगञ्ज युवा समाजले भोटेकोशी बाढीपछि बेपत्ता भएका वीरगञ्ज महानगरपालिका–२७ उदयपुर

मनकामना केबलकारमा जाने सडक भासियो, केबलकार बन्द (तस्बिरहरू)

काठमाडौं– चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित मनकामना केबलकारको गेटभित्रको सडक भासिएको

चोलेन्द्रशम्शेर पक्राउबारे सरकारलाई जेन-जी अभियन्ताले भने- नाटक र नौटंकी बन्द गर्नुहोस्

काठमाडौं– जेन–जी अभियन्ता माजिद अन्सारीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई अदालतको पक्राउ पुर्जीबिना