इलाका प्रहरी कार्यालय अमरपुरको भवन उद्घाटन | Khabarhub Khabarhub

इलाका प्रहरी कार्यालय अमरपुरको भवन उद्घाटन


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जिल्लाको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरेका हुन्। रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न उक्त भवनमा १५ वटा कोठा छन्। सो अवसरमा प्रहरी नायब महानिरीक्षक गिरीले भौतिक संरचनाका अभावमा कार्यसम्पादनमा हुने गरेका समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे।

विसं २०७७ असार ३१ गते शिलान्यास गरिएको उक्त भवन अढाइतले हालै निर्माण सम्पन्न भएको हो। भवन निर्माण भएको सहित यस स्थानमा इलाका प्रहरी कार्यालयको पाँच रोपनी जमिन रहेको छ। भवनबाट कार्यालय सञ्चालन तथा ब्यारेकमा उपयोग हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने हिलिहाङ गाउँपालिका, स्थानीय समाजसेवी भवानीप्रसाद लिङदेन तथा भवन निर्माण गर्ने निर्माण कम्पनी एसएएस कन्स्ट्रक्सनका शैलेन्द्रकुमार कुरुम्बाङलाई प्रशंसापत्रसहित सम्मानसमेत गरिएको थियो। कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी उपरीक्षक इञ्जीनियर अनिल रानाले भवन निर्माण तथा प्रहरीका भौतिक संरचना निर्माणसम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : ५५ बजे

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

विराटनगर– कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका

कांग्रेसको एकपक्षीय अडानका कारण संसदीय समिति गठन हुन सकेन : मनिष झा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले कांग्रेसको एकपक्षीय अडानका

इतिहासकार ज्ञानमणिको योगदान अविस्मरणीय : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली इतिहास, साहित्य र शिक्षा क्षेत्रमा

कतारको रोजगारी हापेका रेयर राईको अभिनय यात्रा

काठमाडौं- जस्तोसुकै गरीब परिवारमा जन्मे पनि निरन्तर संघर्ष र साधना

उपाध्यक्ष पाण्डेकाे तर्क- गृहमन्त्रीको नाम किटान गर्न आवश्यक छैन, छानबिन समिति बनाउनु पर्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद पाण्डेले