इलाका प्रहरी कार्यालय अमरपुरको भवन उद्घाटन « Khabarhub

इलाका प्रहरी कार्यालय अमरपुरको भवन उद्घाटन


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

पाँचथर – जिल्लाको हिलिहाङ गाउँपालिका–१ भालुचोकमा इलाका प्रहरी कार्यालय अमरपुरको भवन निर्माण सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश नं १ को लगानीमा निर्माण भएको उक्त भवनको शनिबार आयोजित कार्यक्रममा १ नं प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले उद्घाटन गरेका हुन्। रु एक करोड ८३ लाख ८८ हजारको लागतमा निर्माण सम्पन्न उक्त भवनमा १५ वटा कोठा छन्। सो अवसरमा प्रहरी नायब महानिरीक्षक गिरीले भौतिक संरचनाका अभावमा कार्यसम्पादनमा हुने गरेका समस्या क्रमशः समाधान हुँदै जाने विश्वास व्यक्त गरे।

विसं २०७७ असार ३१ गते शिलान्यास गरिएको उक्त भवन अढाइतले हालै निर्माण सम्पन्न भएको हो। भवन निर्माण भएको सहित यस स्थानमा इलाका प्रहरी कार्यालयको पाँच रोपनी जमिन रहेको छ। भवनबाट कार्यालय सञ्चालन तथा ब्यारेकमा उपयोग हुने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

कार्यक्रममा भवन निर्माणमा सहयोग पु¥याउने हिलिहाङ गाउँपालिका, स्थानीय समाजसेवी भवानीप्रसाद लिङदेन तथा भवन निर्माण गर्ने निर्माण कम्पनी एसएएस कन्स्ट्रक्सनका शैलेन्द्रकुमार कुरुम्बाङलाई प्रशंसापत्रसहित सम्मानसमेत गरिएको थियो। कार्यक्रममा १ नं प्रदेश प्रहरी कार्यालयका भौतिक पूर्वाधार शाखाका प्रमुख प्रहरी उपरीक्षक इञ्जीनियर अनिल रानाले भवन निर्माण तथा प्रहरीका भौतिक संरचना निर्माणसम्बन्धी प्रगति विवरण प्रस्तुत गरेका थिए।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १० : ५५ बजे

मिटरब्याज पीडितको जनकपुर-काठमाडौँ पदयात्रा चौथो दिनमा (तस्बिरहरू)

सर्लाही– जनकपुरबाट आसार २५ गते सुरु भएको मिटरब्याज पीडितको पैदल

उदिपुरमा पहिरो नियन्त्रणपछि डुम्रे–बेँसीसहर यात्रा सहज

लमजुङ– सङ्घीय सरकारको ११ करोड १९ लाखको लागतमा डुम्रे–बेँसीसहर सडकअन्तर्गत

विश्वकपको सेमिफाइनलमा अर्जेन्टिना र इङ्गल्यान्ड, फ्रान्स र स्पेन भिड्ने

काठमाडौँ – अमेरिका, क्यानडा र मेक्सिकोमा जारी फिफा विश्वकप २०२६

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन

सुनसरी– सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका

स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना विश्वकपको सेमिफाइलनमा

काठमाडौँ – फिफा विश्वकपमा स्विट्जरल्यान्डलाई हराउँदै अर्जेन्टिना सेमिफाइलनमा पुगेको छ