नेपाल टी-२० लिग : काठमाडौंको तेस्रो जित « Khabarhub

नेपाल टी-२० लिग : काठमाडौंको तेस्रो जित


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं नाइट्सले नेपाल टी-२० लिगमा तेस्रो जित निकालेको छ । आइतबार किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले जनकपुर रोयल्समाथि ९० रनको फराकिलो जित निकालेको हो । सुनाम गौतम र रायन बर्लको उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहोरोको उत्कृष्ट बलिङप्रेरित जनकपुर सहज जित निकाल्न सफल भयो । यस जितसँगै काठमाडौं पाँच खेलमा  ६ अंक जोडेर तेस्रो स्थान छ । जनकपुक ६ खेलमा आठ अंकका जोडेर दोस्रो स्थानमा यथावत् छ ।

काठमाडौँले प्रस्तुत गरेको एक सय ८१ रनको  लक्ष्य पछ्याएको जनकपुर १९.१ ओभरमा सबै विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । जनकपुरका लागि सराफुद्दिन असरफलले ३१ बलमा तीन छक्का र दुई चौका मद्दतमा सर्वाधिक ३७ रनको योगदान दिए । 

यसैगरी सोमपाल कामीले २१ तथा खडक बोहोराले १० रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।  आठौं विकेटका लागि सराफद्दिन र सोमपालले ५४ रनको साझेदारी गरेका थिए । काठमाडौंका लागि अविनाशले चार,अज्मतुल्लाह ओमरजाईले दुई तथा अनिल खरेल र वसिर अहमदले समान एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै  एक सय ८० रनको योगफल तयार पारेको थियो । काठमाडौंका लागि सुनामले ४७ बलमा समान चार चौका र छक्का मद्दतमा सर्वाधिक ६२ रनको योगदान दिए । यसैगरी रायनले ४० बलमा चार चौका र तीन छक्का मद्दतमा अविजित ६१ रन बनाउँदा एलेक्स ब्लेकले २० तथा अज्मतुल्लाह ओमार्जाइले १० रन जोडे ।

चौथो विकेटका लागि सुनाम र एलेक्सले ८४ रनको साझेदारी गरेका थिए । जनकपुरका लागि जितेन्द्र मुखियाले तीन तथा सराफुद्दिन असरफ र कप्तान ट्रिभोन ग्रिफिथ समान एक विकेट लिए । आइतबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सको सामान गर्नेछ ।

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ०० बजे

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि

प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन

काठमाडौं- अमेरिकाका प्रभावशाली रिपब्लिकन सिनेटर लिन्जी ग्राहमको निधन भएको छ