बैतडीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न  « Khabarhub

बैतडीमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न 


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

बैतडी– पुषे १५ पर्वको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आनन्दसिंह थापा र कैलाश थापाको टिम प्रथम भएको छ । राजबहादुर बोहरा र प्रकाश विष्टको टिम दोस्रो भएको छ । दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टिम तृतीय हुँदा अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । 

प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । खेलकुद विकास समितिका दशरथ चन्द नगर अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि दशरथ चन्द नगरपालिकाका मेयर पुष्करराज जोशी थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सुरेश पन्थी थिए ।

कार्यक्रममा सातजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सरप ठगुन्ना, दौलत खत्री, जनकराज भट्ट, लक्ष्मीराज भट्ट, गोवर्धन राना, चन्द्रसिंह ठगुन्ना र राजबहादुर बोहोरा छन् । उनीहरूलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । पुषे १५ पर्व बैतडीसहित सुदूरपश्चिमका ‘ठूली रात’ पर्वमा रुपमा समेत विशेष तवरले मनाइन्छ ।  

 

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  १ : ३९ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका