तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित « Khabarhub

तिब्बतमा चीनको दमन जारी, ‘दलाई लामा’ शब्द पनि प्रतिबन्धित


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ कम्युनिष्ट पार्टीले तिब्बतमा नयाँ नीतिका नाममा मानव अधिकार उल्लङ्घन र साँस्कृतिक अतिक्रमणलाई निरन्तरता दिइरहेको पाइएको छ । तिब्बत प्रेसले जनाएअनुसार कम्युनिष्ट पार्टीको शासन विरोधी आवाज दबाउन चीनले तिब्बतमा दमन जारी राखेको हो ।

पछिल्ला केही समयमा तिब्बतमा तिब्बती विरुद्धको हिंसाका घटना बढेको पनि तिब्बत प्रेसले उल्लेख गरेको छ । अहिले तिब्बतमा तिब्बती संस्कृति र भाषाको प्रयोगमा पनि कडाई गरिएको छ । तिब्बत प्रेसका अनुसार चीनले आफ्नो प्रकाशनमा ‘दलाई लामा’ भन्ने शब्दमाथि पनि प्रतिबन्ध लगाएको छ ।

यसबाहेक चीनले तिब्बतमा जनसङ्ख्या वितरणमा पनि फेरबदलको प्रयास गरिरहेको छ । यसबाट सो क्षेत्रको सांस्कृतिक एवम् जातीय सन्तुलन पनि हेरफेर हुनसक्ने चिन्ता जनाइएको छ ।

यस्तै, चीनले सन् २०२२ को जनवरी महिनामा मात्रै तिब्बतमा रहेका ९९ वटा अग्ला धार्मिक प्रतिमा एवम् ४५ वटा परम्परागत बौद्ध मानेहरु पनि ध्वस्त पारिदिएको तिब्बत प्रेसले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ६ : ४८ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।