न्यूयोर्कमा प्रहरीमाथि खुकुरी प्रहार, तीन प्रहरी घाइते « Khabarhub

न्यूयोर्कमा प्रहरीमाथि खुकुरी प्रहार, तीन प्रहरी घाइते


१७ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको न्यूयोर्क सहरमा प्रहरीमाथि खुकुरी प्रहार भएको छ । नयाँ वर्षको समयमा न्यूयोर्क सहरको टाइम्स स्क्वायरमा प्रहरीमाथि खुकुरी प्रहार भएको हो ।

खुकुरी प्रहारबाट तीन जना प्रहरी घाइते भएका छन् । नयाँ वर्ष मनाइरहेका बेला स्थानीय समयअनुसार राति १० बजे प्रहरीमाथि खुकुरी प्रहार भएको स्काई न्युजले उल्लेख गरेको छ ।

प्रहरी अधिकारी किचन्ट सेवेलले जनाएअनुसार १९ वर्षीय व्यक्तिले प्रहरीमाथि हमला गरेका हुन् । ती व्यक्तिको पहिचान भने सार्वजनिक गरिएको छैन । घाइते प्रहरीको टाउकोमा चोट लागेको बताइएको छ । यद्यपि उनीहरुको अवस्था सामान्य रहेको छ ।

घटनापछि सुरक्षाकर्मीले आक्रमणकारीलाई गोली प्रहार गरेका थिए । पछि उनलाई पक्राउ गरिएको थियो । आक्रमणको उद्देश्यबारे स्पष्ट भइसकेको छैन

प्रकाशित मिति : १७ पुस २०७९, आइतबार  ७ : ५७ बजे

उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दा १३ प्रकारका कागजात संलग्न गर्नुपर्ने

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

पर्यटन सुरक्षा प्रणाली लागू गर्न अभिमुखीकरण

नारायणगढ– अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएनएमआइएस) कार्यान्वयनका

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान