रविलाई डर, कांग्रेसलाई सत्तामा जाने अवसर ! | Khabarhub Khabarhub

रविलाई डर, कांग्रेसलाई सत्तामा जाने अवसर !


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नागरिकता प्रकरणले गर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्ताबाट बाहिरिने चेतावनी दिएको छ । यसलाई कतिपयले रवि लामिछानेलाई सरकारबाट बाहिरिने डर बढेको टिप्पणी भइरहेको छ ।

पार्टी खोलेको ६ महिनामै २० सिट ल्याएर सत्तामा गएर गृहमन्त्री बन्न सफल भएका रवि लामिछाने नागरिकता प्रकरणका कारण अहिले सडकमा छन् । नागरिकता प्रकरणमा सर्वोच्चको आदेशपछि रवि सत्ताबाट ओर्लेर सांसद तथा मन्त्री पद गुमाइसकेका छन् ।

पार्टीलाई गृहमन्त्रालय दिनुपर्ने र सकेसम्म आफैँ गृहमन्त्री बन्नुपर्ने लोभ रविलाई छ । त्यसका लागि उनले एमाले अध्यक्ष केपी शर्मा ओली र बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई बारम्बार भनिरहेका छन् । तर बालकोट र बालुवाटार रविलाई फेरि गृहमन्त्री बनाउन तयार छैनन् ।

किनकी उनी अहिले गैरसांसद छन् । सांसद नहुँदा उनी आफैले यसरी मन्त्री बन्न दौडधुप गर्नुपर्ने कारण देखिदैन । तर उनी आफ्नै नैतिकताविपरित गृहमन्त्री बन्न दौडधुप गरिरहेका छन् । यसले भोलिका दिनमा कुनै न कुनै क्षति उनी र उनको पार्टीलाई गर्ने निश्चित छ ।

गृहमन्त्री नपाए उनले सरकारबाट बाहिरिने चेतावनी दिइसकेका छन् । यदि मन्त्री नपाएर उनको पार्टी बाहिरिएको खण्डमा नेपाली कांग्रेसलाई सत्तामा जाने अवसर हुनेछ । रवि अहिले रहेको सत्ता गठबन्धनबाट बाहिरिएमा कांग्रेसले उनलाई अवसर दिन सक्छ । यसका लागि उपचुनावसम्म कुरेर कांग्रेसले उनलाई प्रधानमन्त्रीकै उम्मेद्वार बनाउन सक्छ ।

यसै पनि कांग्रेसले यसअघि नै रविलाई प्रधानमन्त्री बन्न अफर गरेको थियो । तर रविले त्यसलाई स्वीकार गरेका थिएनन् । अहिले अवस्था यस्तो आएको छ कि रविलाई सत्ता नभए उनी अर्को सत्ता तयार पार्न चाहन्छन् ।

रविले प्रचण्ड सरकारबाट समर्थन फिर्ता लिएमा त्यसले नयाँ तरंग पैदा गर्नेछ । त्यति मात्रै होइन, माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन दिएमा एमाले पनि प्रचण्ड सरकारबाट बाहिरिने खतरा बढ्नेछ । यसका लागि प्रचण्डले शक्ति तयार पारिरहेका छन् वा अरु केही गरिरहेका छन्, त्यो हेर्न बाँकी छ ।

तर तत्कालको अवस्थामा एमाले-माओवादी गठबन्धन टुट्दै गएमा कांग्रेसलाई सरकारमा जाने अवसर सिर्जना हुनेछ । यसले ढिलोचाँडो सत्ताका लागि कुरिरहेको कांग्रेसले आफ्नै वा अर्को कुनै पार्टीको नेतालाई प्रधानमन्त्रीमा अघि सारेर सरकारमा रहने सपना देख्न थाल्नुलाई सहजै मानिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ३ : ४५ बजे

वीरगञ्ज महानगरमा रातको समयमा नाली सफाइ अभियान

वीरगञ्ज– मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्जमा रातको समयमा पनि नाला

फोक्सो जोगाउने सूत्र : धूलो, धुवाँ र धूमपानबाट बच्नुस्

बागमती प्रदेशका चार जिल्ला फोक्सोको क्यान्सरको उच्च जोखिममा परेको एक

नेपाली शान्ति सैनिकको एक टोली स्वदेश फिर्ता

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ

पाँच वर्षसम्म गोलबजार–लगडी–गदियानी सडक अधुरै

सिरहा– दुई वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण सुरु भएको गोलबजार–लगडी–गदियानी सडक

आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला

पाल्पा- पछिल्लो समय यहाँका महिला आयआर्जन गर्न घरबास ‘होमस्टे’मा जोडिँदै