प्रतिनिधिसभा बैठक : सांसदले उठाए सडक स्तरोन्नतिको विषय | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक : सांसदले उठाए सडक स्तरोन्नतिको विषय


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको बैठकमा सांसदहरुले देशभरका विभिन्न क्षेत्रका सडक जीर्ण रहेको उल्लेख गर्दै स्तरोन्नतिका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । आजको बैठकको शून्य समयमा सांसद अनिसा नेपालीले दाङ देउखुरीको सडक खुलेको दशकौँ बितिसक्दा पनि हाल जीर्ण अवस्थामा रहेकाले  स्तरोन्नति गर्नका लागि माग गरे । सांसद अम्मरबहादुर थापाले कर्णाली राजमार्ग साँघुरो भएका कारण दुर्घटना बढेको बताउँदै दुईतर्फी सवारीसाधन चलाउन मिल्ने गरी  निर्माण गर्न सरकारसँग आग्रह गरे । 

सांसद ईश्वरी घर्तीले रोल्पामा पर्यटन र अन्य विकासभन्दा सबैभन्दा पहिला सुरक्षित सडक निर्माणको आवश्यकता औँल्याइन्। सांसद छिरिङ डम्डुल लामा  ले पनि जीर्ण सडकको मर्मत तथा स्तरोन्नतिका लागि आग्रह गरे । सांसद अच्युतप्रसाद मैनालीले देशभरिका पुलको अवस्था कमजोर रहेकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै समयमै मर्मतका लागि आग्रह गरे ।

सांसद डा अमरेशकुमार सिंहले देशको विभिन्न भागमा आत्महत्या गर्ने क्रम बढिरहेको सन्दर्भमा उच्चस्तरीय न्यायिक समिति गठन गरी सो नदोहोरिने गरी काम गर्न सरकारको ध्यानाकर्षण गरे ।

सांसद अम्बिका बस्नेतले गएराति काठमाडौँ वडा नं ६ मा आगलागीका कारण करोडौँको क्षति भएको जानकारी गराउँदै उचित क्षतिपूर्ति र राहतका लागि  सरकारको ध्यानाकर्षण गराइन् । सांसद अमृतलाल राजवंशीले सुकुम्बासीको समस्या गम्भीर हुँदै गएको सन्दर्भमा भूमि आयोगको काम प्रभावकारी रुपमा अघि बढाउन माग गरे । सांसद अमृतादेवी अग्रहरिले संसद्लाई राष्ट्र समृद्धिको चिन्तन गर्नुपर्ने थलोका रुपमा विकास गर्नुपर्ने उल्लेख गरिन्।

 सांसद अर्जुननरसिंह केसीले देशमा भ्रष्टाचारको कहालीलाग्दो अवस्था देखिएको बताउँदै ठेक्कापट्टामा देखिएको सिन्डिकेटलाई हटाउन माग गरे । सांसद अशोककुमार चौधरीले इटहरी अस्पतालमा सम्बन्धित विज्ञ चिकित्सकको कमी भएकाले जनताले उपचारमा दुःख पाइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराए।

सांसद इश्वरबहादुर रिजालले दोलखामा बाँदरको आतंकले कृषिमा आत्मनिर्भर हुन अग्रसर किसान उठिबासको अवस्था पुगेको जानकारी गराए । उनले तत्काल सो समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए।  सांसद डा चन्द्रकान्त भण्डारीले गुल्मीमा बाँदरले बालीनाली नष्ट गरेर किसानलाई दुःख दिइरहेको जानकारी गराउँदै समाधानका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद ईश्वरादेवी न्यौपानेले पछिल्लो समय आत्महत्या गर्ने क्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै रोकथाम गर्नका लागि सरकारसँग आग्रह गरिन् ।

 सांसदद्वय उर्मिला माझी र एकनाथ ढकालले सङ्क्रमणकालीन न्यायलाई छिट्टो निष्कर्षमा पुर्‍याउन माग गर्दै उक्त विषय उच्च प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराइन् । सांसद ऐनबहादुर शाही ठकुरीले मुगुमा बाढीपहिरोका कारण भौतिक संरचना र मानवीय क्षति भएको जानकारी गराउँदै पीडितलाई राहत र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए । उनले पीडितको अवस्था दयनीय भएको र  त्यहाँ बिजुली, सडक, पुल, खानेपानीको अभाव भएको जानकारी गराए।  सांसद कान्तिका सेजुवालले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सक र कर्मचारीका लागि आर्थिक अभावका कारण आवासको व्यवस्था हुन नसकेको जानकारी गराइन् ।

सांसद गगन थापाले बैंकको ऋणले थिचिएका साना किसानलाई नियमअनुसार पाउने अनुदान र सहुलियत तत्काल उपलब्ध गराउन सरकारसँग माग गरे । सांसद चन्द्रबहादुर विश्वकर्माले रुकुम पश्चिममा ठेक्का भएको पुल समयमै निर्माण सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद जीवन परियारले यती एयरको विमान दुर्घटनाको छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्न र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरे ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  २ : ४९ बजे

शान्तिपूर्ण अमेरिकी निर्वाचनबारे विश्वस्त छैन : राष्ट्रपति बाइडेन

वासिङ्टन– राष्ट्रपति जो बाइडेनले नोभेम्बरमा हुने अमेरिकी चुनाव शान्तिपूर्ण हुने

बाढीपहिरोमा ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग

कमलामाई– सङ्घीय सरकारले बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग

पर्यटकको रोजाइमा माग्दीको टोड्के

म्याग्दी– म्याग्दीको टोड्केमा रघुगंगाको झिँ र मंगलाको पूर्णगाउँका बासिन्दाले पशुचौपायाको

पर्यटनमन्त्री र आन्दोलनरत क्याबिन क्रुबीचको वार्ता सकारात्मक

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला

पाकिस्तानमा यसवर्ष लडाकुको आक्रमणमा सयबढी प्रहरीको मृत्यु

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा लडाकुको आक्रमणमा परी यो वर्ष