आर्थिक अभावमा घाइते बालकको उपचारमा समस्या  | Khabarhub Khabarhub

आर्थिक अभावमा घाइते बालकको उपचारमा समस्या 


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आर्थिक अभावका कारण तातोपानीले जलेर घाइते भएका बालकको उपचारमा समस्या परेको छ ।  बागलुङ गलकोट नगरपालिका ८ काँडेबास थालेपोखराका केहरसिंह विश्वकर्मा र पुनम विश्वकर्माका ८ वर्षीय छोरा सुलभ विश्वकर्माको उपचारमा समस्या परेको हो ।

उनको उपचारमा संलग्न चिकित्सकका अनुसार खेल्ने क्रममा पानी उम्लिरहेको ताउलोमा परेपछि उनको शरीरको पछाडिको भागको छाला गएको छ भने उनको कम्मर, हिप र ढाडमा बढि असर देखिएको छ । घटनालगत्तै परिवारले घाइते बालकलाई उपचारको लागि गलकोट नगरपालिका ३ हटिया बजार स्थित आरोग्य अस्पतालमा लगेका थिए ।

त्यहाँ उनको सामान्य उपचार पछि स्वास्थ्य अवस्था जटिल रहेको भन्दै अस्पतालले त्यहाँबाट रिफर गरेको अस्पतालका डाक्टर टंक चालिसेले जानकारी दिए ।

उनको अहिले मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ । अस्पतालले बालकको उपचारमा खर्च धेरै लाग्ने बताएपछि परिवार चिन्तामा परेको छ । आर्थिक अवस्था निकै नै कमजोर रहेको बालकको परिवारले उपचारमा सहयोग गरिदिन सबैमा अपिल समेत गरेको छ ।

बालकका बाबु अहिले रोजगारीको सिलसिलामा भारतमा छन् । उनले आफ्नो छोराको उपचार गर्न अस्पतालमा धेरै रकम खर्च हुने देखिएको र रकम समयमा नै जोहो गर्न आफूहरुलाई निकै कठिन भएको भन्दै सबैमा सहयोगको लागि अनुरोध पनि गरेका छन ।

गाउँमै सामान्य खेतीपाती गर्दै परिवारको जीविकोपार्जन गर्दै आइरहेको उक्त परिवारलाई अहिले घाइते बालकको उपचारमा आवश्यक पर्ने रकम सङ्कलन गर्न निकै अप्ठ्यारो परेको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ५ : ५० बजे

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा

देउवा उपचारमै हुँदा जिम्मेवारी हस्तान्तरणको कुरो उठेपछि रोज राणा असन्तुष्ट

काठमाडौँ – नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाले राजनीतिक विश्राम लिनुपर्ने

कञ्चनपुरमा सार्वजनिक यातायात सञ्चालनमा

दोधारा चाँदनी– कञ्चनपुरमा सार्वजनिक सवारिसाधन सञ्चालनमा आएका छन् । ‘जेनजी’

मणिपुर पुगेर नरेन्द्र मोदीले दिए सुशीला कार्कीलाई बधाई (भिडियो)

काठमाडौं– पूर्वोत्तर राज्य मणिपुर पुगेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको