महानगरद्वारा हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु « Khabarhub

महानगरद्वारा हृदेन्द्र पार्क निर्माण प्रक्रिया सुरु


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाले हृदेन्द्र पार्कलाई अत्याधुनिक र सुविधा सम्पन्न बनाउने प्रक्रिया अगाडि बढाएको छ । विराटनगर–१ स्थित पार्क निर्माणका लागि अध्ययन प्रतिवेदन तयार पारिएको हो । 

मंगलबार महानगरका प्रमुख नागेश कोइराला, उपप्रमुख शिल्पा निराला कार्की र वडा नं १ का अध्यक्ष काजीबहादुर बस्नेतको उपस्थितिमा प्रारम्भिक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । महानगरले सोही अध्ययन प्रतिवेदनका आधारमा पार्क निर्माण गर्नेछ । 

छ कठ्ठा क्षेत्रफलमा फैलिने उक्त पार्कमा अत्याधुनिक प्रवेशद्वारसहित स्वीमिङ पुल, जीपलाइन, भुलभुलैया, पार्किङ, कफीसप, फाउन्टेनलगायतका सुविधा हुनेछन् । महानगरले चालु आर्थिक वर्षका लागि रू एक करोड रकम विनियोजन गरेको छ । प्रमुख कोइरालाले जतिसक्दो चाँडो निर्माण सम्पन्न गर्ने गरी काम गर्ने बताउँदै १० दिनभित्र अन्तिम अध्ययन प्रतिवेदन बुझाउन परामर्शदातालाई निर्देशनसमेत दिए ।

प्रतिवेदनले अन्तिमरूप लिएपछि ठेक्का प्रक्रियाबाट काम अगाडि बढाइने छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ६ : ३९ बजे

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको

कपिलवस्तुमा ट्रकसँग दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तु- कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासस्थित पूर्वपश्चिम राजमार्गमा ट्रकसँग दुई वटा मोटरसाइकल

चिनियाँ खानाको पहिचान बनेको सेतो कार्टनको रोचक इतिहास

वासिङ्टन – चिनियाँ खाना घर लैजान प्रयोग गरिने सानो सेतो

तातोपानी नाका तीन दिन खुल्ने

काठमाडौँ– तातोपानी नाका तीन खुल्ने भएको छ । यही कात्तिक

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त