लागूऔषधसहित कञ्चनपुरबाट  एक जना पक्राउ « Khabarhub

लागूऔषधसहित कञ्चनपुरबाट  एक जना पक्राउ


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको बेलौरी बजादेखि हात्तीबोझ जाँदै गरेको मोटरसाइकलमा सवार २१ वर्षीय आकाश बोहरा लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बेलौरी नगरपालिका-६ का बोहराको से ७ प १४३९ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा शून्य दशमलव १५ मिलिग्राम अवैध लागूऔषध खैरो हिरोइन फेला परेपछि प्रहरीले मोटरसाइकलसहित बोहरालाई नियन्त्रणमा लिएको हो ।

बोहरालाई इलाका प्रहरी कार्यालय बेलौरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको संयुक्त प्रहरी टोलीले मोटरसाकलसहित बोहरालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : २९ बजे

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र

प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै

काठमाडौँ– प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा