परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको शिष्टाचार भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री पौड्यालसँग विभिन्न देशका राजदूतको शिष्टाचार भेटवार्ता


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री डा विमला राई पौड्यालसँग विभिन्न मुलुकका राजदूतले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीसँग आज मन्त्रालयमा नेपालका लागि अष्ट्रेलिया, स्वीट्जरल्याण्ड र दक्षिण कोरियाका राजदूतहरूले छुट्टाछुट्टै भेट गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्री पौड्यालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भोन क्यापलरले गरेको भेटमा नेपालमा स्वीस् विकास कोअपरेशनअन्तर्गत सञ्चालित कार्यक्रमका साथै दुई देशबीचको सहकार्यका विभिन्न विषयमा छलफल भएको थियो ।

यसैगरी मन्त्री पौड्यालसँग आजै नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्क र नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सुकले पनि शिष्टाचार भेटवार्ता गरेका थिए । उहाँहरूबीचको भेटमा द्विपक्षीय आपसी हितका विविध विषयमा सहकार्य र सहयोगबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ४५ बजे

‘रङ नम्बर’ विवादले दाजुभाइकै हत्या, आपराधिक पृष्ठभूमिका थिए छुरा हान्ने सञ्जीव

ललितपुर- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार

सम्झौता कार्यान्वयन नभएसम्म इरानमा अमेरिकी सैन्य शक्ति यथावत् : ट्रम्प

एजेन्सी– अमेरिका–इरानबीच नाजुक युद्धविराम कायम भइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी