मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु « Khabarhub

मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । जिल्लाको पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म।२ प ९८६० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महात्मा चौधरीको मृत्यु भएको हो ।

बेलौरी नगरपालिका-५ का ५० वर्षीय चौधरीलाई सोमबार मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीलाई पुनर्वास पोलिक्लिनिक अस्पतालमा पुर्‍याइएको थियो ।

तर त्यहाँ उपचार संभव नभएपछि मायामेट्रो अस्पताल धनगढीमा भर्ना गरिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते चौधरीको आज दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ७ : ५३ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६