घरेलु उपचारले आँखा तेजिलो बनाउन सकिन्छ « Khabarhub

घरेलु उपचारले आँखा तेजिलो बनाउन सकिन्छ

गर्मीमा आँखाको हेरचाह र उपचार


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

गर्मी मौसममा हामीले हाम्रो आँखालाई विभिन्न संक्रमणबाट बचाउनु पर्दछ। आँखा हाम्रो शरीरको अभिन्न अङ्ग हो। आँखाले हामीलाई बाहिरी संसार देख्न मद्दत गर्छ। गर्मी याममा स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन्। तापमान बढेसँगै वायुमण्डलमा प्रदूषण पनि बढेको छ। तापमान वृद्धि र जलवायु परिवर्तनका कारण गर्मी मौसममा आँखामा विभिन्न किसिमका समस्या देखिने गर्छन्।

आँखामा संक्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै गुम्नसक्छ। गर्मी मौसममा आँखा चिलाउने, पाक्ने, पोल्ने, रातो हुने, सुख्खा हुने, बिझाउने जस्ता समस्या देखिने गरेका छन्। यो समयमा आँखाको इन्फेक्सनको जोखिम धेरै हुने गर्छ। भाइरस नामक किटाणु र ब्याक्टेरियाको कारणले आँखा पाक्ने समस्या धेरै मानिसमा देखिन्छ।

आँखामा इन्फेक्सन भएको थाहा पाउने उपाय:
-हाम्रो शरीरमा विभिन्न ब्याक्टेरिया तथा किटाणु राम्रो काम गर्नको लागि बसिरहेका हुन्छन्। उक्त किटाणु नाक, मुख, आँखामा निश्चित लेबलसम्म भएमा असर गर्दैन। तर, धेरै मात्रामा भयो भने असर गर्न थाल्छ। गर्मी महिना किटाणु बढी सक्रिय हुने भएकाले इन्फेक्सन धेरै देखिने गर्छ।

-सुरुमा आँखा, रातो हुने, असजिलो महसुस हुने, बिझाउने, बिहान उठ्दा डिल वरिपरि आँखा टाँसिने भयो भने इन्फेक्सनको सङ्केत हुनसक्ने हु्न्छ। यसले आँखामा थप समस्या निम्त्याउने भएकाले समयमै जाँच गर्नुपर्छ।

आँखामा समस्या आउनै नदिन के गर्ने ?
-प्रतिरोधात्मकता क्षमता कम भएका व्यक्तिमा संक्रमण हुने भएकाले स्वास्थ्यवर्द्धक खानेकुरा खानुपर्छ। स्वास्थ्यवर्द्धक खानेकुरामा हरियो सागपात, क्याप्सिकम, केराउ, सिमी, सखरखण्ड, गाँजर, फर्सी, कर्कलो मेवा, सुन्तला, एभोकाडो, अम्बा, अमला माछा, बदाम, काजु, किसमिस मात्रा मिलाएर खानुपर्छ।

-चुरोट, रक्सी खाने व्यक्तिमा इन्फेक्सनको जोखिम बढी हुन्छ। आँखा माड्दा सानो चोट लाग्यो भने पनि इन्फेक्सन हुने सम्भावना हुन्छ। त्यसैले आँखा वरिपरि हात लैजाँदा वा आँखा माड्दा ध्यान दिनुपर्छ।

-आँखाको हेरचाहका लागि घरबाहिर निस्कँदा चस्माको प्रयोग गर्नुपर्छ।

-मधुमेह, उच्च रक्तचाप, थाइराइड रोग भएका र दैनिक प्रयोग गर्ने डिप्रेसन, बाथको औषधिले पनि आँखामा नकारात्मक असर गर्छन्। औषधि सेवन गर्ने व्यक्तिले नियमित आँखा परीक्षण गरेमा अन्धोपनबाट बच्न सकिन्छ।

घरेलु उपचार
-गाजर, सुन्तला, मौसम जस्ता भिटामिन ए धेरै भएका फलफूल खानुपर्छ।

-दैनिक पैताला र खुट्टाका औँलामा सूर्यमुखीको तेलले मालिस गर्दा पनि आँखाको तेज बढ्छ।
-पालुङ्गोको साग र गाजरको जुसले पनि आँखा मजबुत बनाउँछ।

-राति सुत्नुअघि दूधमा अलैँची पिसेर अलिकति हालेर पिउँदा आँखा स्वस्थ हुन्छ।

-कम्प्युटरको प्रयोग गर्ने व्यक्तिहरु आफ्नो आँखा कम झिम्क्याउँछन्। यस्ता व्यक्तिहरुले हरेक सेकेन्डमा आफ्नो आँखा झिम्क्याउनु आवश्यक हुन्छ।

-हरियो घाँसमा बिहान बिहान नाङ्गो खुट्टा हिड्नाले पनि आँखालाई फाइदा पुर्याउँछ।
(आँखा विशेषज्ञ वेनेम लिम्बुसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ७ : १२ बजे

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर

आज पनि केही जिल्लामा वर्षा, अब तराई क्षेत्रमा तातो बढ्ने

काठमाडौं – आज पनि मौसम बदली भई देशका विभिन्न क्षेत्रमा

विश्वकप लिग–२ सिरिजका लागि नेपाली टोली घोषणा, अर्जुनले पनि पाए मौका

काठमाडौं – आईसीसी विश्वकप लिग–२ सिरिजका लागि नेपालले रोहितकुमार पौडेलको

आचारसंहिता विपरीत टिकटक बनाएपछि डाक्टर सुधीर साहलाई काउन्सिलले सोध्यो स्पष्टीकरण

काठमाडौं – नेपाल मेडिकल काउन्सिलले डा. सुधीर प्रसाद साहसँग स्पष्टीकरण

बुढीगण्डकी जलविद्युत् आयोजना सम्बन्धबारे छलफल

काठमाडौं – सभामुख डोलप्रसाद (डिपी) अर्यालको सहभागितामा बुढीगण्डकी जलविद्युत् आयोजना