सरकार नयाँ जोशका साथ अगाडि बढ्छ | Khabarhub Khabarhub

सरकार नयाँ जोशका साथ अगाडि बढ्छ

‘राम्रो काम गरे राष्ट्रिय सहमति हुन्छ’


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेस सरकारमा सहभागी हुने अन्तिम तयारीमा छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सात दलको गठबन्धन भत्किएर कांग्रेससहितका आठ दलको गठबन्धन बनेको छ। यो सरकार बनेको दुई महिनामै १६ वटा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले सम्हालेका छन्। एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड फेरि विश्वासको मत लिने तयारीमा छन्। राष्ट्रपतिमा रामचन्द्र पौडेललाई गठबन्धनले अगाडि सारेको छ। कांग्रेस सभापति देउवाले यो सरकारमा सहभागी हुन मात्र खोजेका हुन् या नयाँ केही राजनीति गर्दैछन् ? यी र यस्तै विषयमा आधारित भएर
कांग्रेस नेता एवम् सांसद शङ्कर भण्डारीसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

एकातिर कुरा नमिल्दा अर्को तिर र अर्कोतर्फ कुरा नमिल्दा फेरि अर्को दलसँग गठबन्धन भइराखेको छ। यो देखेर तपाईंलाई अनौठो लाग्दैन ?
देख्दा अनौठो लाग्न सक्छ। त्यो नौलो कुरा भने होइन। अहिले आठ दलीय गठबन्धन बनेर हामी राष्ट्रपतिको निर्वाचन प्रकिृयामा अगाडि बढेका छौं। आम निर्वाचनपछि गठबन्धन त्यही रूपमा अगाडि बढ्नु पर्ने थियो। त्यो भएन। अहिले आएर अगाडि बढ्नुलाई स्वभाविक रुपले हेर्नुपर्छ।

मुलुकको समस्या समाधान गर्ने र विकासतर्फ लाने तपाईंहरुको अठोट के भइराखेको छ ?
यो कार्य नगरे हामीले मुलुक र जनताप्रति धोका दिए जस्तो हुनेछ। सांसददेखि सरकारसम्म हामीले जे कुरामा बहस गर्नुपर्ने थियो त्यो विषय बहस भएको अवस्था छैन। दलीय स्वार्थ, व्यक्तिगत स्वार्थमा बढी केन्द्रित हुने र मुलुक र जनताललाई एउटा देखाउने विषय मात्र बनेको छ। त्यस कारण हाम्रो देश गम्भीर बन्दै गएको छ।

नेपाली कांग्रेसले माओवादी केन्द्रलाई चलाउँछ कि माओवादी केन्द्रले नेपाली कांग्रेसलाई चलाउँछ के हुन्छ ?
गठबन्धनको स्वरूपमा हामी रहेका छौं। हामी एकले अर्कोलाई चलाउने होइन। हामीसँगै चल्ने हो। हामी तथा सरकारले राम्रो काम गरेपछि राष्ट्रिय सहमति भइहाल्छ।

यो सरकारलाई अगाडि लाने आधार तथा खाका के–के कोर्नु भएको छ ?
कुनै पनि समस्या आउन नदिने हाम्रो प्रयास छ। यो गठबन्धनले निरन्तरता दिन्छ। देशमा राजनीतिक स्थिरता र स्थायित्वको वातावरण सिर्जना गर्दै अगाडि बढ्नुपर्छ।

तपाईंको कुन–कुन मन्त्रालयमा दाबी रहन्छ ?
व्यक्तिगत स्वार्थ हामीले हेर्दै जाने हो भने हामी सफल हुँदैनौँ। हामीले जनता र देशलाई निकास दिन सक्दैनौँ। भावना, विचार, लक्ष्य,लिएर अगाडि बढ्नु जरुरी रहेको छ। सानो ठूलो दलको कुनै कुरा होइन सबै मिलेर राष्ट्रको हित गर्नु हाम्रो कर्तव्य र दायित्व हो। कसैले पनि कसैलाई एक छिनको मनको आवेगले उत्तेजनाले गाली गरेर अपमानको भाषा बोलेर रमाउने समय भने छैन।

अब विश्वासिलो गठबन्धन बन्यो भनेर पत्याउने आधार कसरी देखाउन सक्नुहुन्छ ?
अब पुराना गल्तीलाई नदोहोर्याइ गठबन्धन अगाडि बढ्छ। नेताहरु जिम्मेवार बनेर अहिलेको सहमतिको आधारलाई लिएर अगाडि बढ्नुहुन्छ। यसमा धेरै तर्कको आवश्यकता नै छैन। मिडियाले पनि धेरै बहस नगरी सरकारलाई सहयोग गर्नुपर्छ। मिडियामा सरकारले यो कार्य गरेको छ, यो सही छ यो गलत छ भनेर औँल्याउन सक्नुपर्छ। सत्यतर्फ मिडिया लाग्नु जरुरी छ।

अस्थिर राजनीतिको जड खासमा के हो ?
व्यक्तिगत स्वार्थ, इमान र जमानको राजनीतिक चरित्रमा ह्रास आएको कारण यो स्थिति पैदा भएको हो। हाम्रो कमजोरीलाई आत्मसाथ गरेर अगाडि बढ्नु भन्दा मनोबलका साथ अगाडि बढ्नु राम्रो हुन्छ। कमजोरीलाई हटाएर बलियो खम्बाको रूपमा निडर भएर लाग्नुपर्छ।

स्वार्थरहित राजनीति हुन खोजेको केही कुराहरू छन् ?
दल भित्रको स्वार्थ, व्यक्तिको स्वार्थ, यसमा राष्ट्रिय स्वार्थ, जनताको दुःख पीडा अन्त्य गर्ने स्वार्थ, हाम्रो स्वाभिमान, सार्वभौम सत्ता, राष्ट्रिय अखण्डताको स्वार्थ रहनु हुँदैन। हामीले त्यसको अन्त्य गर्न सक्नुपर्छ। हाम्रो प्राकृतिक स्रोतको उपभोग आफैंले गर्न पाउनुपर्छ। नेपालमा भएका भगवान् तथा मूर्ति पूजाआजको स्वार्थ लिएर नेपाली अगाडि बढ्नु पर्छ।

तपाईंको पार्टी सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बन्ने सुनौलो अवसर आएको थियो। तर उहाँ किन पछाडि बस्नुभयो ?
यो विषयको विश्लेषण र मूल्यांकन हुनु जरुरी छ। म त्यसमा सम्मान पनि गर्छु। कांग्रेसको १४औँ महाअधिवेशनबाट पाँच वर्षको लागि सभापति निर्वाचित गरेको हो। उहाँ बीचमा गएर राष्ट्रपति हुन्छ भनेर सभापति बन्नु भएको होइन। सरकारलाई प्रभावकारी बनाउने उहाँको भूमिका रहेको नै छ। पाँच वर्ष कांग्रेस पार्टीलाई नेतृत्व दिने अभिभारा उहाँमाथि छ।

आठ दलको गोप्य मतदानमा लतमाथि हुने सम्भावना कतिको रहेको छ ?
आठ दलको मत भार भन्दा बढी मत आउने सम्भावना देख्छु। यसमा राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टीले सहयोग गर्न सक्छन्। यो ठूलो सकारात्मक पक्ष हो।

रास्वपाले समर्थन कायम राख्नुको पछाडि कुनै चलखेल छ ?
त्यो उहाँहरुको विश्लेषणको कुरा हो। आफ्नो समीक्षा निर्णयमा आधारित रहेको हुन्छ । यसमा मेरो भन्नु केही छैन।

प्रधानमन्त्रीको लोभ देखाए त जो पनि फस्ने रहेछ ?
त्यो अब हुँदैन। हामीलाई जिम्मेवारी बहन छ त्यस कारण भनेको हो। यो सकारले नयाँ आकार लिएर अगाडि बढ्छ। यसमा शंका गर्नुपर्ने कुनै कारण नै छैन। देश बनाउन हामी कहाँ चुकेका छौँ त्यसमा ध्यान दिनुपर्छ। इमानदार भएर देशको लागि काम गर्ने, कसैको दबाब र प्रभावमा नपर्ने, हाम्रो नेपाल हामी नेपाली भन्ने भावले अगाडि बढ्नुपर्ने जिम्मेवारी सरकारसँग रहेको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुतिः कुसुम गौतम

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ८ : २५ बजे

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख २० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को