चर्चामा फिल्मको विश्वप्रसिद्ध अवार्ड « Khabarhub

चर्चामा फिल्मको विश्वप्रसिद्ध अवार्ड


१७ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

१२ मार्च आउन अब एक महिना पनि बाँकी छैन। यस वर्षको एकेडेमी अवार्डको टुङ्गो लाग्दै छ। एक महिनामा कुन उत्कृष्ट ? र कसको सम्भावना बढी भन्ने बहस पक्कै जारी रहने छ। तर, धेरै पण्डितको नजरमा ‘एभ्रीथिङ एभ्रीह्वेयर अल एट वान्स सबै भन्दा बलियो दाबेदार हो। बानीसेस अफ इनिसेरिन, फाबेलम्यान, बानीसेस अफ इनिसेरिन र अलक्वीट अन द वेस्टर्न फ्रन्ट पनि कम्ती त होइन।

यी सबै एक से एक फिल्मका माझ एभ्रिथिङ एभ्रीह्वेयर अल एट वान्सलाई दाबेदार मानिनुमा केही बलिया आधार छन्। धेरै विधामा मनोनयन पर्नु नै यो फिल्मको एउटा बलियो आधार हो। यो फिल्म कुल ११ विधामा मनोनयनमा परेको छ।

एकेडेमी अवार्डका लागि अनुमान गर्न सबैभन्दा कठिन विधा निर्देशक मानिन्छ। पण्डितकै विचारमा पनि निर्देशकको पूर्वानुमान फरक हुने सम्भावना अन्य सबै विधामा भन्दा फरक हुन्छ। एउटा स्वाभाविक तथ्य के हो भने उत्कृष्ट चयन फिल्मका निर्देशक पनि स्वतः दाबेदार हुने नै भए। तसर्थ यस विधाका लागि एभ्रीथिङ एभ्रीह्वेयर अल एट वान्सका निर्देशक डानियल क्वान र डानियल स्केइनर्टलाई पहिलो दाबेदार मानिएको हो।

फाबेलम्यानका निर्देशक स्टेभन स्पेलबर्ग अर्का दाबेदार हुन्। बानीसेस अफ इनिसेरिनका निर्देशक मार्टिन म्याक डोनाग, टीएआरका टड फिल्ड र ट्रयांगल अफ स्याडनेसका रुबेन अस्टन्ड यसका बलियो दाबेदार मानिएका हुन्।

ब्रेन्डन फ्रेजरलाई यस वर्षको उत्कृष्ट अभिनेताको बलियो दाबेदारको रूपमा हेरिएको छ। ह्वेलमा उनको अभिनय त बेजोड छदै छ। साथै आफूलाई शारिरिक रूपले तन्दुरुस्त राख्न गरेको मिहिनेतले पनि धेरै अर्थ बोकेको छ।

विगतमा चर्चामा रहेका फिल्म मिल्कका सियन पियन, फिलाडेल्फियाका टम हान्क र बोह मेनका राही मलिकलगायत अभिनेता उत्कृष्टको सूचीमा छन्। यसका बाबजुद फ्रेजरलाई एल्भीसका अस्टिन बटलर सबै भन्दा बलियो चुनौती बनेका छन्। फिल्म उद्योगका विज्ञको पहिलो मतदानमा पहिलो पटक बटलरले फ्रेजरलाई पछाडि छाडी सकेका छन्। फिल्म समीक्षकको संस्था बाफ्टामा यी दुईको भेट भएको हो।

बानीसेस अफ इनिसेरिनका कोलीन फारेललाई यी दुई सँगैको दाबेदार मानिएको छ। यो उपाधिलाई पछ्याउने क्रममा लिभिङका बिल नेभी र आफ्ट सनका पाउल मेस्कन पनि मनोनयनमा परेका छन् । तर उनीहरू रेसमा पछि परिसके।

टीएआरमा केट ब्लान्केटको प्रस्तुति साँच्चै सानदार छ। उनको फिल्म क्षेत्रको क्यारियरको सबै भन्दा बेजोड अभिनय रहेको तथा आफूलाई पूर्ण रूपमा प्रस्तुत गर्न पाएको नै टीएआरमा हो। यस कारण उनी उत्कृष्ट अभिनेत्रीको बलिया दाबेदार हुन्।

यो एउटा यस्तो विधा हो, जसमा अहिले धेरै नाम चलेका लिजेन्डको बीचमा प्रतिस्पर्धा हुँदैछ। फिल्मको सफलता पनि नायकको सफलतासँग जोडिने गर्छ। पछिल्लो समयमा एभ्रीथिङ एभ्रीह्वेयर अल एट वान्सको चर्चा धेरै नै बढी छ। अनुमान नै नगरिएको विधा उत्कृष्ट गीतमा समेत यो फिल्म मनोनयनमा परेको छ। यस कारण फिल्मका मूल पात्र मीचेल योहलाई पनि यस विधाको दाबेदार मानिएको हो।

सन् २०२२ मा यो फिल्मले यत्ति धेरै व्यापार गर्न सक्छ भन्ने अनुमान पनि कमैले गरेका थिए। यस अवार्डको प्रतिष्ठित अवार्ड जित्नेमा योहो अझ धेरै आशावादी छिन्। योहो र ब्लान्केट त मुख्य दाबेदार नै हुन्। ब्लान्डका अन्ना डी र्आम्सको अभिनय पनि कम्तीको छैन। फाबेलम्यानकी मिचेल विलियम अर्की दाबेदार हुन्। टु लीसेका आन्द्रीया रिजे वर्ग मनोनयनमा परेको अर्को नाम हो।

यस पटक उत्कृष्ट सह अभिनेताको अवार्डलाई पनि विशेष रूपले हेरिएको छ। एभ्रीथिङ एभ्रीह्वेयर अल एट वान्स की ह्ये क्वानका लागि वर्ष २०२२ विशेष नै रह्यो । इन्डियाना जोन्स फ्रेन्चाइज र गुनिजमा पाएको सफलतापछि क्वानले फेरि आफूलाई चर्चामा ल्याउन अर्को चार दशक प्रतीक्षा गर्नु परेको थियो। उनको चलचित्रले पिपुल्स च्वाइस अवार्ड पनि पाइ सकेका थियो। उनको फिल्मले समीक्षकको मत पनि धेरै पाएका उनी आफू पनि आशावादी हुनु स्वाभाविक हो। गोल्डेन ग्लोब क्रिटिक अवार्ड पछि उनी ओसकार अर्वाडसहित यो वर्षको सुखद अन्त्य गर्न चाहन्छन्।

बानीसेस अफ इनिसेरिनका दुई सह अभिनेता यस विधामा मनोनयनमा परेका छन्। ब्रेन्डन ग्लेसन र बेरी कियोगान दुई जना यस विधामा मनोनयनमा परेका हुन्। यसैगरी द फबेल्सम्यानका जुड हिर्स र काउज वेका ब्रायन ट्री पनि मनोनयनमा परेका छन्।

मार्बल मुभीका लागि मनोनयनमा परेकी एन्जेला बास्केट यस वर्षकी विशेष सह अभिनेत्री हुन्। दशको पछि फरक खालको भूमिकामा सफलता पाउँदै उद्योगलाई नै फरक ढंगले लैजान सक्ने उनको क्षमता छ। सन् १९९३ मा उनले पहिलो पटक लभ गट टु डु विथ विटमा सफलता पाएकी थिइन्।

२० वर्षमा सबै भन्दा धेरै बजेटमा बनाइएको ब्ल्याक प्यान्थर वाकन्डा फरएभरको व्यापारमा समेत उनको उपस्थितिले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जनाइन्छ। फिल्म स्टारकै कारण हलिउड पनि परिवर्तनशील छ भन्ने पुष्टि गर्नका लागि उनी पर्याप्त भएकी छिन्। उनले गोल्डेन ग्लोब अवार्ड र क्रिटीक च्वाइस अवार्डमा सफलता पाइ सकेकी छिन्। बाफ्टामा सफलता पाएकी बानीसेस अफ इनिसेरिनकी केरी कोन्डनलाई पनि रेसमा धेरै पछि परेको भन्न मिल्दैन।

भ्रीथिङ एभ्रीह्वेयर अल एट वान्सका दुई जना यस विधामा मनोनयनमा परेका छन्। सो फिल्मका ज्यामी ली कर्टीस र स्टेफन हसु मनोनयनमा छन्। यसैगरी, द ह्वेलकी हङ चाओ पनि मनोनयनमा परेकी छिन्।

ओरीजीनल स्क्रिन प्लेका लागि बानीसेस अफ इनिसेरिनलाई अग्रस्थानमा राखेर हेरिएको छ। धेरै समीक्षक यो नै सफल हुने कुरामा आफ्नो मत जाहेर गरिसकेका छन्। एभ्रीथिङ एभ्रीह्वेयर अल एट वान्सलाई मुख्य प्रतिस्पर्धीको रूपमा हेरिएको छ। टीएआर ,द फाबेल्सम्यान र ट्रीयांगल अफ स्याडनेस मनोनयनमा परे पनि सम्भावना त्यत्ति धेरै भएको मानिँदैन।

पछिल्लो समय अन्य विधाका दाबेदारको बारे पनि चर्चा हुन थालेको छ। एडम्पटेड स्क्रिन प्लेका लागि उमन टकीङलाई सबै भन्दा बलियो फिल्म मानिएको छ। यस विधामा अल क्वाइट अन द वेस्टर्न फ्रन्ट,ग्लास ओनीयन द मिस्टी अप नाइफ, लिभिङ र गन मार्क मुख्य दाबेदार मानिएका छन्।

१२ मार्चको रातमा धेरै विधाका अवार्ड विजेताले संसारकै प्रतिष्ठित ट्रफी पाउने छन्। विख्यात कलाकार जर्ज स्ट्यान्लीले यो प्रतिष्ठित अवार्डको डिजाइन गरेका हुन्। हलिउड रोसभेट होटेलमा रात्रि भोजको आयोजना गर्दै सन् १९२९ मा पहिलो पटक एकेडेमी अवार्ड वितरण गरिएको थियो।

सन् १९३० मा पहिलो पटक एकेडेमी अवार्ड रेडियोबाट प्रसारण भएको थियो। सन् १९५३ मा पहिलो पटक टिभीबाट अवार्ड वितरण कार्यक्रम प्रसारण भएको हो। संसारको सबै भन्दा पुरानो मनोरञ्जनात्मक अवार्ड वितरण कार्यक्रमको रूपमा रहेको यो कार्यक्रम अहिले संसार भर प्रसारण गरिने छ। हालसम्म तीन हजार एक सय ४० यस्ता अवार्डका मूर्तिहरू प्रदान गरिएका छन्।

यो लामो इतिहास बोकेको अवार्ड अहिले अमेरिकी मात्र होइन, संसारकै भएको छ। नोमीनेसनमा पर्न मात्र पनि संसारका उत्कृष्ट फिल्म निर्माता तँछाडमछाड गर्न थालेका छन्। यसै अवार्डको आउनै आँटेको संस्करण पनि सायद विगतको भन्दा अझ विशेष हुनेछ।
स्रोत : एक्सप्लोर इन्टरटेनमेन्ट

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार  ९ : ०७ बजे

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवन– बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला सेवा इकाई, चितवनमा केमिकल अभावले

मकवानपुरका स्वास्थ्य संस्था बन्द, चिकित्सक संघले बुझायो सहायक प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण

चिकित्सकमाथि आक्रमण गर्नेलाई फौजदारी अभियोगमा कारबाही गर्न माग 

काठमाडौं– नेपाल चिकित्सक संघ कोसीले नारायणी अस्पताल, वीरगन्जमा कार्यरत चिकित्सक

चिकित्सकमाथि आक्रमणको विरोधमा काठमाडौंमा प्रदर्शन, सेवा ठप्प

काठमाडौं– नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले

सेना र प्रहरी उतारेर सुनसरीको तनाव साम्य हुन सक्दैन : सीके राउत (अन्तर्वार्ता) 

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) सुनसरीको देवानगञ्जमा भएको